Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

काँग्रेस आतंकवादको बिरुद्धमा छः प्रवक्ता महत


काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसले काँग्रेस कुनैपनि किसिमको आतंकवादको बिरुद्धमा रहेको बताएको छ ।

शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्राकशशरण महतले काँग्रेस आतंकवादको बिरुद्धमा रहेको बताएका छन् । उनले भारत र पाकिस्तानको बीचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको बताउदै काँग्रेसले आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्ने बताएका छन् । उनले पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा काँग्रेस रहेको र आतंकवादलाई निरुत्साहित गर्नेतर्फ रहेको बताए।

उनले भने,‘सँगै भारत र पाकिस्तानको बीचमा जुन द्वन्द्व चर्र्किएको छ । त्यसअघि भारतको पहलगाममा जुन आतंकवादी आक्रमण भयो । लक्षित किसिमबाट निहत्था सिभिलिएनहरुमाथि आक्रमण भएर मारिए । त्यसको नेपाली काँग्रेसले कडा शब्दमा निन्दा पनि गरेका छौँ । पछिल्लो समयमा पनि यो जुन परिस्थिति छ, हामी जहिले पनि आतंकवादको खिलापमा छौँ । आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रश्रय नदिओस् भन्ने पक्षमा छौँ । युद्धको स्थिति सिर्जना भएको छ, आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी सिभिलिएनमाथि पनि आक्रमण भएको छ । सैनिक अड्डाहरुमा पनि आक्रमण भएको छ । यो फुलस्केल युद्धको रुपमा परिणत नहोस् । शान्ति चाँडै बहाल होस्, भन्ने हामी चाहन्छौँ । हामी आतंकवादको खिलापमा छौँ । आतंकवादलाई निरुत्साहित गर्नेतर्फ हामी छौँ ।’

उनले आतंकवादलाई कसैले पनि प्रश्रय दिन नहुने बताएका छन्।


प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?