Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

काँग्रेस आतंकवादको बिरुद्धमा छः प्रवक्ता महत


काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसले काँग्रेस कुनैपनि किसिमको आतंकवादको बिरुद्धमा रहेको बताएको छ ।

शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्राकशशरण महतले काँग्रेस आतंकवादको बिरुद्धमा रहेको बताएका छन् । उनले भारत र पाकिस्तानको बीचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको बताउदै काँग्रेसले आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्ने बताएका छन् । उनले पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा काँग्रेस रहेको र आतंकवादलाई निरुत्साहित गर्नेतर्फ रहेको बताए।

उनले भने,‘सँगै भारत र पाकिस्तानको बीचमा जुन द्वन्द्व चर्र्किएको छ । त्यसअघि भारतको पहलगाममा जुन आतंकवादी आक्रमण भयो । लक्षित किसिमबाट निहत्था सिभिलिएनहरुमाथि आक्रमण भएर मारिए । त्यसको नेपाली काँग्रेसले कडा शब्दमा निन्दा पनि गरेका छौँ । पछिल्लो समयमा पनि यो जुन परिस्थिति छ, हामी जहिले पनि आतंकवादको खिलापमा छौँ । आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रश्रय नदिओस् भन्ने पक्षमा छौँ । युद्धको स्थिति सिर्जना भएको छ, आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी सिभिलिएनमाथि पनि आक्रमण भएको छ । सैनिक अड्डाहरुमा पनि आक्रमण भएको छ । यो फुलस्केल युद्धको रुपमा परिणत नहोस् । शान्ति चाँडै बहाल होस्, भन्ने हामी चाहन्छौँ । हामी आतंकवादको खिलापमा छौँ । आतंकवादलाई निरुत्साहित गर्नेतर्फ हामी छौँ ।’

उनले आतंकवादलाई कसैले पनि प्रश्रय दिन नहुने बताएका छन्।


प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?