Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

१३ वटा मन्त्रालय दिए देश कस्तो बनाउनुपर्छ देखाइदिन्छु : रवि लामिछाने


२१ चैत्र, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका १३ वटा मन्त्रालयको जिम्मेवारी दिए देश कस्तो बनाउनुपर्छ देखाइदिने बताएका छन्।

वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवारी दिएका लामिछानेले मंगलबार मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

एक सय दिन १३ वटा मन्त्रालयको जिम्मेवारी दिएमा थिति बसालेर देश कस्तो बनाउनुपर्छ भन्ने उनले टिप्पणी गरेका थिए ।

लामिछाने यसअघि गृहमन्त्री भएका थिए । तर, नागरिकता सम्बन्धि मुद्दामा दोषी ठहर भएपछि सर्वोच्चले उनको सांसद पद खारेज गर्दै मन्त्री समेत नरहने आदेश दिएको थियो ।

सोही कारण चितवन २ मा रिक्त रहेको सांसदका लागि वैशाख १० मा उपनिर्वाचन हुने भएको हो ।


प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?