Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

गृहमन्त्री लेखकको चेतावनीः संविधान र व्यवस्था विरोधी कुनैपनि गतिविधि सह्य हुने छैनन्


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा हुने कुनैपनि गतिविधि सह्य नहुने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानूनी दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभति दिलाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनलाई विध्वंसात्मक घटनाको संज्ञा दिँदै सो सम्बन्धमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको बताउदै प्रदर्शनका क्रममा अराजक गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिई पूर्वाग्रह बिना आवश्यक अनुसन्धान र अभियोजनको काम भइरहेको जानकारी दिएका छन् । राजावादीको तीनकुने प्रदर्शन घटना विध्वंसात्मक र संविधान विरोधि भएको उल्लेख गर्दै मन्त्री लेखकले आइन्दा यस्ता घटना नदोहोर्याउन चेतावनी दिएका छन् ।

उनले भने, ‘गत चैत्र १५ गतेको दिन काठमाडौंको तीनकुनेमा पूर्वराजाका समर्थकहरुबाट आयोजना गरेको प्रदर्शनका क्रममा भएको विध्वंसात्मक घटनालाई सरकारले अत्यन्त गम्भिरतापूर्वक लिएको छ । यस विषयमा संसदमा तत्काल विषयवस्तर प्रश्तुत गर्ने समय नरहेको र सदन अन्त्यतर्फ रहेको हुनाले प्रतिनिधि सभाका सम्मानित समितिहरुमा मैले सरकारको धारणा, गृह मन्त्रालयको धारणा र मेरो व्यक्तिगत धारणा राखिसकेको व्यहोरा जानकारी गराउँदछु । यस घटनाका सम्बन्धमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको, घटना संलग्नहरुलाई नियन्त्रणमा लिई बिना कुनै पूर्वाग्रह आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको व्यहोरा जानकारी गराउँदछु । यो घट्ना विध्वंसात्मक र संविधान विरोधि थियो । अहिलेका व्यवस्थाका विरुद्धमा थियो । संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानूनको दायरामा ल्याइ नागरिकमा सुरक्षाको प्रत्याभुति दिलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको निर्वाद उपयोग गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको छ । वर्तमान संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने कुनैपनि गतिविधि वा क्रियाकलापहरु सह्य हुने छैनन् ।’

सांसदहरुद्वारा सदनमा उठाइएका विषयहरुप्रति सरकार गम्भिर र सचेत रहेको पनि मन्त्री लेखकको भनाइ छ ।


प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?