Trending
>>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै >>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय नेता डंगोलको भुमिका अविस्मरणीयः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं काँग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजि श्रदाञ्जली सभामा बोल्दै सभापति देउवाले काँग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा स्वर्गी डंगोलले निर्वाह गरेको नेतृत्वदायी भुमिका अविस्मरणीय रहेको बताए । सभापति देउवाले स्वर्गी नेता डंगोलको बारेमा पुस्तक प्रकाशन गरेर आउँदो पुस्तालाई समेत उहाँको योगदानबारे जानकारी दिनुपर्ने बताएका छन् ।

पार्टीको काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको श्रदाञ्जली सभामा सभापति देउवासँगै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेता कृष्ण प्रसाद सिटौला लगायत उपस्थित थिए । नेता डंगोलको ७७ वर्षको उमेरमा गत वैशाख १३ गते निधन भएको थियो ।


प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?