Trending
>>   बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभरको रुपमा हेरेको छः अध्यक्ष ढकाल >>   राजसंस्था पक्षधरहरुसँग सरकार डरायोः राजेन्द्र लिङदेन >>   शक्तिशाली सरकारले शक्तिशाली बजेट ल्याउन सकेनः जनार्दन शर्मा >>   दक्षिण सुडानमा दिगो शान्तिको लागि आह्वान गर्दै मनाइयो अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सेना दिवस >>   संयुक्त राष्ट्र संघद्वारा शहीद शान्ति सेनाको सम्झना >>   अमेरिकी पुनरावेदन अदालतद्वारा ट्रम्पको कर पुनःस्थापित >>   मौरिटानियन सिदी औलद ताह अफ्रिकी विकास बैंकको अध्यक्षमा निर्वाचित >>   भारतमा पटाका कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु >>   अमेरिकाले स्टिल र आल्मुनियमको भन्सार दोब्बरले बढाएर ५० प्रतिशत पुग्यो >>   टर्कीमा २३ इन्टरपोल–वान्टेड संदिग्धहरूलाई हिरासतमा लिइयो
Logo
१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

जनताले काम खोजेका छन्, भागबण्डा होइनः रास्वपा सांसद डाँगी


काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले मेरिटोक्रेसीको सिद्धान्तअनुसार नियुक्ति गर्नुपर्ने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले लामो समय खर्च गरेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद डाँगीले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले  ढिलाइ गरेको भन्दै आपत्ति जनाएकी छिन्  । बर्खायाम शुरु भइसकेको र राजधानी जोड्ने सडकहरू असुरक्षित रहेको अवस्थामा सरकार जनसुरक्षा, पूर्वाधार र सेवा प्रवाहमा नभई पद बाँडफाँटमा अल्झिएको आरोप समेत लगाएकी छिन्  । सरकालाई भागबण्डाको हावादारी कुरामा समय खर्च नगर्न उनको सुझाव छ । उनले जनताले भागबण्डाको सौदाबाजी नभई काम खोजेको उल्लेख गरेकी छन्।

उनले भनिन् , ‘सरकारले गभर्नर नियुक्त गर्न लामो समय खर्च गरेको देखिन्छ । मेरिटोक्रेसीको आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ । र सरकारको समय यस्तो हावादारी कुरामा खर्च नगर्न सुझाव समेत दिन चाहन्छु । किनभने बर्खायाम शुरु भइसकेको छ । राजधानी जोड्ने सडकहरु असुरक्षित छन् । लाखौं नागरिक जोखिम उठाउँदै यात्रा गर्न बाध्य छन् । सरकारले यतातिर समय खचृ गरोस् । १० महिना भइसक्यो सरकार कहिले कार्यकारी निर्देशक त कहिले गभर्नरको विषयमा अड्किरहेको छ । अहिले जनताले काम खोजेका छन् । भागबण्डा गरेर कसलाई कुन पद दिने भन्ने विषय खोजेका छैनन् । ’  

सरकारले भागबण्डा नमिलेका कारण गभर्नर नियुक्तिमा ढिलाई गरेको प्रतिपक्षीले आरोप लगाउँदै आएका छन् ।


प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?