Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अमेरिकी पुनरावेदन अदालतद्वारा ट्रम्पको कर पुनःस्थापित


काठमाडौँ। अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पारस्परिक कर र अन्य शुल्कहरूलाई अमान्य घोषित गरेको एक दिनपछि संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको व्यापार अदालतको निर्णयलाई अस्थायी रूपमा रोक्ने अनुरोधलाई स्वीकृत गरेको छ ।

अन्तर्राष्ट्रिय व्यापार अदालतले बुधबार जारी गरेको फैसला यस अदालतले प्रश्ताव पत्रहरू विचार गर्दासम्म अर्को सूचना नभएसम्म अस्थायी रूपमा स्थगित गरिएको पुनरावेदन अदालतले आफ्नो आदेशमा भनेको छ ।

अमेरिकी संघीय सर्किट पुनरावेदन अदालतले ट्रम्पको कर पुनस्र्थापित गर्न प्रशासनलाई केही सास फेर्न ठाउँ दिएको स्थानीय मिडियाले रिपोर्ट गरेको छ । अन्तर्राष्ट्रिय व्यापार अदालतका न्यायाधीशहरूले ट्रम्पले कर लागू गर्न प्रयोग गरेका अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐनले राष्ट्रपतिहरूलाई यस्तो असिमित अधिकार प्रदान नगर्ने बताए ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?