Trending
>>   आज मिति २०८२ साल जेठ १९ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   अब बामे सरेर हुदैन, ‘रकेट’को चालले विकास गर्छौंः प्रधानमन्त्री >>   नेता/कार्यकर्तालाई प्रचण्डको निर्देशनः इँटको जवाफ पत्थरले दिनूस्, केही परे हामी छौँ >>   यो सरकारको हैसियत छैन, काठमाडौं कब्जा गर्ने गफले एमालेलाई लाजमर्नु बनाएको छः अध्यक्ष दाहाल >>   अध्यक्ष दाहालको आरोपः बलात्कारी र हत्यारा राजाहरु नै हुन् >>   राजावादीले फैलाउन खोजेको भ्रमबारे जनतालाई बुझाउनुपर्ने समय आयोः अध्यक्ष दाहाल >>   शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न अध्यक्ष लिङदेनको चेतावनी >>   २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ >>   राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ >>   जलवायु परिवर्तनका असर न्युनिकरणका लागि नेतृत्व लिन तयार छुः सभापति देउवा
Logo
१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

काँग्रेस–एमालेबीच भएको सात बुँदे सम्झौता मजाकजस्तो : डा. स्वर्णिम वाग्ले


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामथ्र्य स्पष्ट पारिदिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपसभापति वाग्लेले काँग्रेस–एमालेबीच भएको सात बुँदे सम्झौता समेत मजाकजस्तो भएको टिप्पणी गरेका छन् । सरकार दुई दलबीचको सम्झौताअनुसार अगाडि बढ्न नसक्दा सम्झौतापत्रमा लेखिएका बुँदाहरु मजाकजस्तो भएको बताएका छन् । उनले देशमा आर्थिक तथा प्राकृतिक संकट हुँदा मात्र देशका दुई प्रमुख दल मिल्ने परम्परा रहेपनि वर्तमान सरकारले जनतामा कुनै उत्साह दिन नसेको बताउदै नीति तथा कार्यक्रममा सरकारले संविधान संशोधन र अर्थतन्त्र सुधारको कुनैपनि कार्यक्रम नराखिएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दलकै नेताहरु समेत सन्तुष्ट नरहेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘देशका दुई ठुला राजनीतिक दल मिलेर सरकार चलाउँदा उत्साह हुनुपर्ने हो नि त्यस्तो छैन । देशमा ठूलो संकट हुँदा तथा आर्थिक वा प्राकृतिक प्रलय हुँदाखेरि गरिने प्रयोगको नतिजा के छ लगभग शून्य । सात बुँदे सम्झौतामा भनिएको थियो हामी हामी भ्रष्टाचार गर्दैनौं सुशासन इत्यादि । त्यो आज मजाक भइसकेको छ । आजभोलि टेलिभिजनमा कमेडि कार्यक्रमहरु चलेनन् भने कुनै मन्त्रीलाई उभ्याएर त्यो वाचन गर्न लगाइदिए हुन्छ । नीति तथा कार्यक्रममै संविधान संशोधनको एउटै बुँदा समावेश गरिएको छैन । र अर्थतन्त्रको सुधारको कुरा पनि कतै उल्लेख छैन । त्यसकारण यो दुई तिहाईको सरकारको लय र चरित्र, समाथ्र्य यस्तै नै हो त । यो नीति तथा कार्यक्रमले त्यस कुरालाई न्याय गरेको छ जस्तो लाग्छ त ? सत्तारुढ दलकै राजनीतिज्ञहरुसँग छलफल गर्दा ठूलो निराशा भएको मैले पाएको छु । अब यी खुद्रे, मसिना र परिक्षित घोषणाहरुमा नीति तथा कार्यक्रम रुमलिएको छ ।’

नीति तथा कार्यक्रमका आधारमा बजेट निर्माण गरि कार्यान्वयनमा जोड दिनुपर्ने वाग्लेको भनाइ छ ।


प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?