Trending
>>   अब बामे सरेर हुदैन, ‘रकेट’को चालले विकास गर्छौंः प्रधानमन्त्री >>   नेता/कार्यकर्तालाई प्रचण्डको निर्देशनः इँटको जवाफ पत्थरले दिनूस्, केही परे हामी छौँ >>   यो सरकारको हैसियत छैन, काठमाडौं कब्जा गर्ने गफले एमालेलाई लाजमर्नु बनाएको छः अध्यक्ष दाहाल >>   अध्यक्ष दाहालको आरोपः बलात्कारी र हत्यारा राजाहरु नै हुन् >>   राजावादीले फैलाउन खोजेको भ्रमबारे जनतालाई बुझाउनुपर्ने समय आयोः अध्यक्ष दाहाल >>   शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न अध्यक्ष लिङदेनको चेतावनी >>   २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ >>   राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ >>   जलवायु परिवर्तनका असर न्युनिकरणका लागि नेतृत्व लिन तयार छुः सभापति देउवा >>   पेट्रोलियम पदार्थको प्रयोग घटाऔँ, विद्युतको प्रयोग बढाऔँः सभापति देउवा
Logo
१८ जेष्ठ २०८२, आईतवार
१८ जेष्ठ २०८२, आईतवार

जानकीको जन्मदिनमा बिदा दिनुपर्छः प्रभु साह


काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु शाहले जानकी जयन्तीलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै अध्यक्ष शाहले जानकी जयन्तीको अवसरमा बिदा नदिइएको भन्दै आपत्ति जनाउदै राम नवमीमा बिदा दिइने भएपनि जानकी जयन्तीको उपेक्षा हुनु सरकारको लैंगिक विभेदपूर्ण दृष्टिकोण भएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीले आफ्नो जन्मदिन धुमधामका साथ मनाउनुहुन्छ सीताको जन्मदिन कसरी बिर्सिनुभयो ? भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘माता जानकीको बारेमा सरकारलाई थाहा छ कि छैन ? राम नवमीमा सरकारले बिदा पनि दिन्छ । जानकी जयन्तीलाई किन बेवास्ता गरेको भन्ने प्रश्न पनि गर्न चाहन्छु । के अहिलेको एक्काइसौं शताब्दीमा लैंगिक विभेद गर्न मिल्छ ? एउटा राष्ट्रिय विभूति सीता जुन नेपालको गौरव हुन् । उहाँको सम्मानलाई बेवास्ता गर्न मिल्छ । प्रधानमन्त्रीज्युले आफ्नो जन्मदिन त पुरै धुमधामका साथ मनाउनुहुन्छ सीताको जन्मदिन कसरी बिर्सिनुभयो ? ’

उनले जानकी जयन्तीलाई राष्ट्रिय महत्वको दिनको रूपमा स्थापित गरी सार्वजनिक विदाको घोषणा गर्न माग गरेका छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?