Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहनेछुः पूर्वशिक्षामन्त्रीभट्टराई


काठमाडौँ। पूर्वशिक्षामन्त्री विद्या भट्टराईले सार्वजनिक शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहने बताएकी छिन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक समितिमा आएपछि सरोकारवालाहरुसँग एक महिनासम्म छलफल गरेको जानकारी दिंदै उनले आफू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुँदा पनि विधेयकबारे संशोधनकर्ताहरुसँग छलफल गरेको बताएकी छिन। संशोधनकर्ताहरुको सुझाव अनुसार नै समिति प्रदेशमा जाने निर्णय भएर उपसमिति बनेको उनको भनाइ छ ।

उनले भनिन्, ‘लामो समय यसमा छलफल ग¥यौँ । मलाई लाग्छ ८० मा विधेयक आइसकेपछि हामीले समितिमा एक महिना सरोकारवालाहरुसँग छलफल गर्यौं । जतिबेला हामीसँग भानुभक्त जोशी हुुनहुन्थ्यो । समितिको जुरिस्टिक्सन र विधेयक भनेको खास गरी संसदकै एउटा जुरिस्टिक्सन भएकाले हामीले अगाडि सम्लग्न हुनुभएका सभापतिहरुलाई पनि सम्झनु पर्छ । हामीले गरेका कतिपय हिजोका कन्टिब्युसनहरुलाई पनि मूल्यांकन गर्नुपर्छ । अहिले हाम्रो सभापति आइसक्नु भएपछि हामीले यसलाई एक ढंगले अगाडि बढाउन समर्थवान भएका छौँ । मैले बीचमा नौ महिनाको कार्यकालमा यो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेबारी सम्हालिसकेपछि हामीले संशोधनकर्ताहरुसँग छलफल गर्यौं । संशोधनकर्ताहरुसँग छलफल गरेर प्रदेशमा समेत समिति जाने स्थिति बन्यो र त्यो पछाडि उपसमिति बनेर काम गरिरहेकै सन्दर्भमा म आफूले मन्त्रीको जिम्मेवारीबाट बाहिर निस्किसकेपछि यो बैठकमा पहिलो पटक उपस्थित छु । मन्त्रीको जिम्मेबारीमा रहीरहँदाखेरि गरेको साथ र सहयोगका तथा यहाँहरुले दिनुभएको सुझाव र सल्लाहका लागि म समिति र उपसमित सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । भोलिका दिनमा सिंगो शिक्षा सुधारको काममा संसदको तर्फबाट खासगरी सार्वजनिक शिक्षालगायत सिंगो शिक्षाको सुधारको गर्नका लागि क्रियाशिलता र भुमिका रही रहने छ भन्ने कुरा समितिमा जाहेर गर्न चाहन्छु ।’

उनले विद्यालय शिक्षा विधेयक निश्कर्षमा पुर्याउने कार्यमा साथ सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छिन् ।


प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?