Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहनेछुः पूर्वशिक्षामन्त्रीभट्टराई


काठमाडौँ। पूर्वशिक्षामन्त्री विद्या भट्टराईले सार्वजनिक शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहने बताएकी छिन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक समितिमा आएपछि सरोकारवालाहरुसँग एक महिनासम्म छलफल गरेको जानकारी दिंदै उनले आफू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुँदा पनि विधेयकबारे संशोधनकर्ताहरुसँग छलफल गरेको बताएकी छिन। संशोधनकर्ताहरुको सुझाव अनुसार नै समिति प्रदेशमा जाने निर्णय भएर उपसमिति बनेको उनको भनाइ छ ।

उनले भनिन्, ‘लामो समय यसमा छलफल ग¥यौँ । मलाई लाग्छ ८० मा विधेयक आइसकेपछि हामीले समितिमा एक महिना सरोकारवालाहरुसँग छलफल गर्यौं । जतिबेला हामीसँग भानुभक्त जोशी हुुनहुन्थ्यो । समितिको जुरिस्टिक्सन र विधेयक भनेको खास गरी संसदकै एउटा जुरिस्टिक्सन भएकाले हामीले अगाडि सम्लग्न हुनुभएका सभापतिहरुलाई पनि सम्झनु पर्छ । हामीले गरेका कतिपय हिजोका कन्टिब्युसनहरुलाई पनि मूल्यांकन गर्नुपर्छ । अहिले हाम्रो सभापति आइसक्नु भएपछि हामीले यसलाई एक ढंगले अगाडि बढाउन समर्थवान भएका छौँ । मैले बीचमा नौ महिनाको कार्यकालमा यो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेबारी सम्हालिसकेपछि हामीले संशोधनकर्ताहरुसँग छलफल गर्यौं । संशोधनकर्ताहरुसँग छलफल गरेर प्रदेशमा समेत समिति जाने स्थिति बन्यो र त्यो पछाडि उपसमिति बनेर काम गरिरहेकै सन्दर्भमा म आफूले मन्त्रीको जिम्मेवारीबाट बाहिर निस्किसकेपछि यो बैठकमा पहिलो पटक उपस्थित छु । मन्त्रीको जिम्मेबारीमा रहीरहँदाखेरि गरेको साथ र सहयोगका तथा यहाँहरुले दिनुभएको सुझाव र सल्लाहका लागि म समिति र उपसमित सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । भोलिका दिनमा सिंगो शिक्षा सुधारको काममा संसदको तर्फबाट खासगरी सार्वजनिक शिक्षालगायत सिंगो शिक्षाको सुधारको गर्नका लागि क्रियाशिलता र भुमिका रही रहने छ भन्ने कुरा समितिमा जाहेर गर्न चाहन्छु ।’

उनले विद्यालय शिक्षा विधेयक निश्कर्षमा पुर्याउने कार्यमा साथ सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छिन् ।


प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?