Trending
>>   पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयनमा पाँच खेल विधाका खेलाडी >>   दुर्गममा काज खटाउँदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौंः मन्त्री न्यौपाने >>   ५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन सकेनन् >>   प्रधानमन्त्रीको प्रतिवद्धताः प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा पठाउँदैनौँ >>   साफ महिला यु–१७ च्याम्पियनसिप जित्छौंः प्रशिक्षक श्रेष्ठ >>   सडक सुरक्षाको दीर्घकालिन योजनाको काम सरकारले कहिलेदेखि थाल्छ:निशा डाँगी >>   आगामी वर्षदेखि नोटबाहेक सबै छपाई सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्छः सञ्चारमन्त्री >>   परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेट >>   सरकारका कदमहरु सुशासनका विरुद्धमाः माओवादी उपाध्यक्ष भुसाल >>   विद्युत प्राधिकरणको नाफा घट्योः हितेन्द्र भन्छन्–विद्युत विक्रीमा कमी आयो
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैनः शिक्षामन्त्री


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्युको घटनाबारे सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले काम गरिरहेको बताएका छन्। ।

सोमवार प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले नेपाल बाहिर अध्ययनका लागि जाने विद्यार्थीले एनओसी लिएर जाने गरेपनि भारतसँगको खुला सीमाका कारण एनओसी नलिइ जाने गरेको बताउदै कति विद्यार्थी उक्त किट विश्वविद्यालयमा अध्ययनरत छन् भन्ने एकीन तथ्याङ्क मन्त्रालयसँग नभएको र विद्यार्थी अध्ययनरत शैक्षिक संस्थाले दिएको तथ्याङ्कलाई नै आधिकारिक मान्नुपर्ने अवस्था भएको उनको भनाइ छ ।

उनले एउटै शैक्षिक संस्थामा केही समयको अन्तरालमा विद्यार्थीको मृत्युको घटना हुनुको कारणबारे छानबिन भइरहेको बताउदै घटनाको सत्यतथ्य पत्ता लगाउन विद्यार्थी पठाउने शैक्षिक एजेन्सीसँग सम्पर्क गरी छलफल गर्न मन्त्रालयका अधिकारीहरुलाई आफूले निर्देशन दिएको बताएका छन् ।

उनले भने, ‘यो घटना घट्नासाथ मैले मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई तत्काल परराष्ट्रसँग समन्वय गरेर यसबारेमा के भएको हो डिटेल बुझ्न भनेको छु । र त्यसबारेमा हाम्रो मन्त्रालयले आवश्यक कोअर्डिनेशन पनि गरेको छ । कति गएका छन् भनेर माननीय देवेन्द्र पौडेलले तथ्यांक उठाउनुभएको छ, त्यो तथ्यांक हामीसँग एकिन रुपमा छैन । केहीले एनओसी लिएर गएका छन् तर सबैले एनओसी लिएर गएका छैनन् । त्यसैले एनओसी लिएर गएकाको तथ्यांक हामीसँग छ तर भारत जानका लागि बोर्डर खुला छ धेरै धेरै विद्यार्थीहरु एनओसी नलिइ भारतमा पढ्न जाने गरेको पाइन्छ । त्यसैले यकिन तथ्यांक नभएकाले सम्बन्धित शिक्षा संस्थाकै तथ्यांकलाई आधिकारिक मान्नु पर्ने अवस्था छ । मैले मन्त्रालयका अधिकारीहरुलाई के निर्देशन दिएको छु भने यो युनिभर्सिटी वा शिक्षण संस्थाहरुमा हाम्रा कुनकुन एजेन्सीहरुले विद्यार्थी पठाउँछन्, तिनीहरुको मान्छे पत्ता लगाउनुहोस् र उनीहरुसँग बसेर किन यस्तो घटना दुई दुई जना विद्यार्थीको त्यहाँ घट्यो ? यस्तो घटना हुनुको कारण के होला भनेर उनीहरुरुसँग छलफल गनुप¥यो भनेर निर्देशन दिएको छु ।’

मन्त्री पन्तले उक्त विषयमा शिक्षा तथा सूचना प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी सत्यतथ्य पत्ता लगाउन गम्भीर ढंगले लागिपरेको बताएका छन् ।


प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?