Trending
>>   आज मिति २०८२ साल जेठ २० गते मंगलबार,हेर्नूहोस् आजको राशिफल >>   देशको शीर उँचो हुनेगरी खेल्नुस् : खेलकुदमन्त्री चौधरी >>   प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याएको छुः अर्थमन्त्री पौडेल >>   विकास विरोधी कानूनहरु संशोधन नगरेसम्म बजेट कार्यान्वयन हुँदैनः जनार्दन शर्मा >>   शिक्षक महासंघसँगको वार्ता निष्कर्ष उन्मुखः शिक्षामन्त्री पन्त >>   गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद अघि बढ्दैनः रास्वपा >>   सरकार र यातायात व्यवसायीहरुबीचको छलफल निष्कर्ष बिहीन >>   शिर्ष तीन दलको बैठकः गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेन माओवादी >>   राजा वीरेन्द्रको स्मरणमा दीप प्रज्वलन >>   हाम्रो समस्या नै लोकप्रियतावाद भयो, यसले भविष्यमा अत्यन्तै अलोकप्रिय बनाउँछः पूर्वअर्थमन्त्री महत
Logo
१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

प्रहरीलाई गृहमन्त्रीको निर्देशनः यत्तिले पुगेन, अपराध अनुसन्धानको दायरा नयाँ किसिमले अघि बढाउनूस्


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले अपराधका नयाँ आयामहरु थपिएको भन्दै नयाँ तरिकाले अपराध अनुसन्धानको दायरा बिस्तार गर्न निर्देशन दिएका छन् ।

आईतवार काठमाडौंमा नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अपराध अनुसन्धानको दायरा बिस्तार गर्न निर्देशन दिंदै नेपाल प्रहरीले अहिले गरिरहेको अपराध अनुसन्धानले मात्रै नपुग्ने भन्दै अझै अनुसन्धानको दायरालाई फराकिलो बनाइ शान्ति सुरक्षा कायम गर्नुपर्ने बताएका छन् । उनले २५/३० वर्ष पहिलाको भन्दा अहिले धेरै राम्रो रहेको भएपनि पछिल्ला समयमा आएका नयाँ अपराधका आयामहरु अनुसार अनुसन्धानमा पनि नयाँ प्रविधिको माध्यमबाट पहुँच बढाउनुपर्ने बताएका छन् नेपाल प्रहरी कानून कार्यान्वयनको महत्वपूर्ण माध्यम भएकाले समयानुसार अघि बढ्न सक्नुपर्ने बताएका छन्।

उनले भने, ‘आज भन्दा २५—३० वर्ष पहिला म वकालत पनि गर्दथेँ । वकालातका क्रममा मैले अपराधिक मुद्दाहरुमा पनि धेरैमा वहस पैरवी गरेको छु । त्यो बेलाको अनुसन्धान र आजको अनुसन्धानमा मैले धेरै फरक पाएको छु । राम्रो भएको छ । त्यो बेलामा प्रहरीको अनुसन्धानमा धेरै ल्याप्सेसहरु हुने, अनुसन्धामा मात्रै होइन, प्रसिक्युसनमा पनि तमाम ल्याप्सेसहरु हुने अनि कहिले कहीँ के हुने भने डिफेन्स लयर्सका लागि त्यो अनुसन्धान त प्याराडाइज अफ लयर्स हो नि । तर अहिले त्यस्ता कमी कमजोरी कम हुँदै गएका छन् । आधुनिक तरिकाले अनुसन्धान भएका छन् । वैज्ञानिक र प्रमाणिकताको गुरुत्व बढेर गएको छ । अनुमान र आशंकाको आधारमा गरिने अनुमानजन्य विषयहरु घटेका छन् । प्रमाणिकता, वैज्ञानिकता, प्रमाणको ठोस मूल्यांकन यि कुराहरुमा परिवर्तन भएको मैले देखेको छु । कमी कमजोरी हुन्छन्, त्यसलाई सच्याउँदै ठिक गर्दै जाने हो । तर अझ राम्रो गर्नुछ, यत्तिले पुगेन । यत्तिले पुगेको छैन । किनभने नयाँनयाँ कुराहरु आइरहेका छन् । नयाँ विषयहरु प्रवेश गरिरहेका छन् । शान्ति सुरक्षा, अपराध नियन्त्रण, अपराधको अनुसन्धान गरेर अगाडि बढ्ने सवाल वा प्रहरी ल इम्प्लिमेन्टेसनको महत्वपूर्ण एजेन्सी भएको कारणले कानून प्रचलनको सवाल होस्, नयाँ चुनौति, जोखिम र विषयले होस्, तदनुकुल तयार गर्नुछ आफूलाई । त्यसैले अझै धेरै गर्न बाँकी छ । बिल्कुनै नभएको र खराब मात्रै भएको होइन, राम्रो भएको छ, राम्रो हुँदै गएको छ तर थप राम्रो गर्न जरुरी छ ।’

गृहमन्त्री लेखकले सुरक्षामा देखिएका चुनौतिहरुलाई सम्बोधन गर्न थप परिस्कृत बन्नुपर्ने जरुरी रहेको बताउदै समाज दिन प्रतिदिन रुपान्तरण भइरहेको र प्रगतितर्फ अघि बढिरहेको भएपनि त्यसमा अपराधिक क्रियाकलापको संख्या पनि बढ्दै गएको बताएका छन्। अवसर र सम्भावनासँगै चुनौति, जोखिम उत्तिकै रहेको गृहमन्त्री लेखको भनाइ छ । त्यसलाई नियन्त्रण गर्न नयाँ तौर तरिकाहरु सिक्न जरुरी रहेको उल्लेख गरेका छन् ।

गृहमन्त्री लेखकले भने, ‘विगतमा भन्दा आज परिवर्तन भएको छ । थप नयाँ चुनौतिहरु आएका छन् । आज भन्दा २०—२५ वर्ष पहिला हामी सुरक्षाका सन्दर्भमा सुरक्षामा देखिएका चुनौतिहरुलाई सम्बोधन गर्नका लागि जे जस्ता, तौर तरिकाहरु अपनाउँथ्यौँ, आज तिनले नपुग्ने भएको छ । नयाँ किसिमका सोचहरु बढी विकास गर्नु परिरहेको छ । जसरी समाज दिन प्रतिदिन रुपान्तरण भइरहेको छ, परिवर्तन भइरहेको छ, प्रगतितर्फ अगाडि बढिरहेको छ, त्यसरी नै चुनौतिहरु पनि थपिएका छन् । अवसरहरु बढेका छन्, सम्भावनाहरु बढेका छन्, अवसर र सम्भावनासँगै चुनौति, जोखिम र खतराहरु बढेका छन् । त्यो परिवर्तित अवस्थामा देखापरेका नयाँ चुनौतिहरु, नयाँ जोखिमहरु, नयाँ खतराहरुलाई ठिक ढंगले निदान गर्न, पहिचान गर्न, त्यसलाई ठिक ढंगले उपचार गर्नका लागि पनि हामीले नयाँ नयाँ तौरतरिकाहरु सिक्न जरुरी छ । जुन यस्ता खालका कोर्षहरुले गर्नसक्छ भन्ने मैले विश्वास गरेको छु । अपराधकै क्षेत्रमा पनि धेरै नयाँनयाँ चुनौतिहरु थपिएका छन् । आज भन्दा २० वर्ष पहिला साइबर क्राइमको कुरा थिएन । परम्परागत अपराधहरु थिए, नयाँ अपराधहरु थिएन । वित्तीय अपराधहरु एक ढंगले बढेर गएका छन् किनभने वित्तीय क्षेत्रमा नयाँ अवसर, नयाँ सम्भावना, नयाँ प्रगतिका कुराहरु विकास भएका छन् । चुनौतिहरु र अपराधहरु पनि त्यही ढंगले बढेर गएका छन् । डिजिटलाइजेशनको युग छ । सबैले हातमा मोबाइल बोकेको छ । त्यही मोबाइलमा संसार बुझ्न सकिन्छ । त्यो प्रगतिको ठाउँमा हामी पुगेका छौँ । तर त्यही मोबाइलबाटै तमाम अपराध भइरहेको स्थिति पनि छ । दिनानुदिनको परिवर्तनबाट उत्पन्न हुने चुनौतिलाई ठिक ढंगले सम्बोधन गर्नका लागि पनि यस्ता कोर्षहरु आवश्यक हुनेछन् । अनुसन्धानको क्षेत्रमा पनि धेरै कुरा हामीले गर्नुछ । धेरै राम्रा कुराहरु हुँदै गएको छ ।’

गृहमन्त्री लेखकले पछिल्लो समयको परिवर्तनबाट उत्पन्न हुने चुनौतिलाई ठिक ढंगले सम्बोधन गर्न नेपाल प्रहरी स्टाफ कोर्स लगायतका कोर्सहरुको भुमिका महत्वपूर्ण हुने बताए ।

आजबाट नेपाल प्रहरीमा पहिलो पटक लिडरसिप एण्ड स्टाफ कोर्स शुरु भएको हो । स्टाफ कलेजका लागि ३५ जनालाई सहभागी गराउने भनिए पनि प्रवेश परीक्षामा १७ जना प्रहरी नयाव उपरीक्षक (डिएसपी) मात्रै उत्तिर्ण भएका छन् । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरूको टोलीबाट कोर्सको शुरुवात गरिएको छ । प्रहरीमा पहिलोपटक शुरु भएको स्टाफ कोर्सले बढुवालाई व्यवस्थित बनाउनेछ । अब स्टाफ कोर्स अध्ययन गर्नेहरूले तीन सेमेस्टरमा परीक्षा दिनुपर्नेछ । कुनै सेमेस्टरमा अनुत्तिर्ण भए जुन परीक्षामा भएको हो, त्यो सेमेस्टरको परीक्षा पुनः अर्को वर्ष दिन पाइनेछ । प्रश्तावित विधेयक संसदबाट पारित भएर कार्यान्वयनमा आए स्टाफ कलेज पास नगर्नेहरू प्रहरी नायव उपरीक्षक (डिआईजी) बन्न पाउने छैनन् । प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा पनि स्टाफ कलेज गरेका र नगरेकाका लागि छुट्टै कोटा तोकिएको छ ।


प्रकाशित मिति: २१ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?