Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

कोही नेपाली नागरिक नागरिकताकै कारण राज्य बिहीन हुनेस्थिति नहोस् भन्नेमा सरकार गम्भीर छः रामहरि खतिवडा


काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले कोही नेपाली नागरिक नागरिकताका कारण राज्य बिहीन हुनेस्थिति नहोस् भन्नेमा सरकार गम्भीर रहेको बताएका छन् ।

सुगौली सन्धी र नेपालमा नागरिकता सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले आमाका नामबाट छोराछोरीलाई नागरिकता दिने विधेयक आएको र सरकारको चाहना पनि नेपाली नागरिक नागरिकताकै कारण राज्य बिहीन हुने स्थिति नआओस् भन्नेमा गम्भीर रहेको बताएका छन् । उनले यो विधेयकलाई समितिमा अझ विस्तृत र गहन रुपलेटलफल गर्ने प्रतिवद्धता जनाउदै विधेयक छलफलका क्रममा सम्बन्धित पक्षलाई पनि आमन्त्रित गरेर छलफल गरिने विश्वास व्यक्त गरेका छन् । उनले विधेयकमा केही कमी, कमजोरी भए सच्याएर अघि बढ्ने पनि बताएका छन् ।

उनले भने, ‘कानून निर्माण गर्दा कहीँ लुप होल्सहरु छन् भने ल्याप्सहरु छन् भने त्यसलाई पूरा गरौँ भन्ने हाम्रो लक्ष्य पनि छ । त्यसैले अहिले जुन विधेयक आमाका नामबाट छोराछोरीलाई नागरिकता दिने भन्ने आएको छ । सरकारको चाहना पनि कोही नेपाली नागरिक नागरिकता कार्डले राज्य बिहीन हुने स्थिति नहोस् भन्ने चाहना छ । त्यसलाई हामी अझ वृहत छलफल गरौँ । कानूनकै कारणले तपाईंहरुलाई अफ्ठ्यारो परेको छ भने अफ्ठ्यारो नपर्ने वातावरण सिर्जना होस् हाम्रो चाहना छ । हामी समितिमा ल्याएर पनि छलफल गराउँछौँ । राज्यले अफ्ठ्यारो परेका बेलामा सबैको कुरा सुनेर कानून निर्माण गर्नुपर्छ ।’

सभापति खतिवडाले राज्यले अफ्ठ्यारो परेका बेलामा सबैको कुरा सुनेर कानून निर्माण गर्ने बताएका छन् ।


प्रकाशित मिति: २१ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?