Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कार्यान्वयन गर्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा हुन्छ:मुख्यसचिव अर्याल


काठमाडौँ। मुख्यसचिव एकनारायण अर्यालले संघीय, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यविभाजनमा आधारित भएर नीति तथा कार्यक्रम आएको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्य सचिव अर्यालले तीनै तहका सरकारले अगामी आर्थिक वर्षको बजेटमा नीति तथा कार्यक्रमलाई समावेश गर्न सक्नुपर्ने बताउदै अघिल्ला वर्षहरूमा नीति तथा कार्यक्रमहरू अत्याधिक महत्वाकांक्षी बनाइँदा कार्यान्वयनमा समस्या आएको जिकिर गर्दै यो नीति तथा कार्यक्रम यथार्थपरक र तीन तहका कामको स्पष्ट आधारमा बनाइएको बताएका छन्। उनले युवामुखी स्टार्टअप व्यवसाय, कृषिको आधुनिकीकरण, उत्पादन र रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आएको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘स्थानीय तह, प्रदेश सरकार र संघीय मन्त्रालयहरुले आफ्नो बजेटमा नीति तथा कार्यक्रमअनुरुप जानुपर्यो । हामीले युवाहरुलाई सम्बोधन हुने गरेर स्टार्टअप बिजेनशका कुराहरु ल्याएका छौं । कृषिको आधुनिकीकरणको विषयहरु समावेश भएको छ । त्यसैगरी उत्पादन, उत्पादत्व र रोजगारी सिर्जना गर्ने विषयहरु छन् । यहीअनुसार कार्यक्रम गर्न सकियो भने समृद्ध नेपाल सुखि नेपालीको आकांक्षा पुरा हुन्छ र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । विगतको नीतिमा कार्यक्रमहरु समावेश भएर आउने गर्दथ्यो । अलि महत्वकाँक्षी जस्तो हुन्थ्यो । त्यसले गर्दा जनतामा अपेक्षा पनि अलि बढी हुन्थ्यो । तर हामीले बजेटमा समावेश गर्नसक्ने खालको हुदैन्थ्यो । अहिले हामीले तीन तहको कामअनुसार नीति बनाएको हुनाले यही आधारमा टेकेर नीति तथा कार्यक्रमहरु बनाउनुपर्ने हुन्छ ।’

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार संघीय संसदको संयुक्त बैठकमा प्रश्तुत गर्नुभएको सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले मिश्रित प्रतिक्रिया पाइरहेको छ ।


प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?