Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षउन्मुख


काठमाडौँ। सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच मंगलबार शिक्षा मन्त्रालय र सिंहदरबारमा भएको द्विपक्षीय वार्ता निष्कर्षउन्मुख देखिए पनि सहमति भने हुन सकेन।

आगामी २१ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा दुवै पक्ष लचक देखिएका छन्। शिक्षक महासंघले तोकिएकै मितिमा परीक्षा सञ्चालन हुने प्रतिबद्धता जनाएको छ। बार्ता पछि बाहिरिने क्रममा संचारकर्मीहरु सँग बोल्दै नेपाल शिक्षक महासंघकि सहअध्यक्ष नानुमाया पराजुलीले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा आफुहरु जिम्मेवार भएको बताएकी छिन् ।

मंगलबार रातिसम्म चलेको वार्तामा शिक्षक महासंघले सरकारसमक्ष ९ बुँदे माग प्रस्तुत गरेको बुझिएको छ। बार्तामा सहभागी एक मन्त्रीका अनुसार शिक्षक महासंघले राखेको माग मन्त्रिपरिषदबाट पास भएमा महासंघले आन्दोलनको स्वरूप परिवर्तन गर्ने प्रतिबद्धता जनाएको बताइन् । महासंघले आफ्नो सहमतिको न्युनतम बिन्दु सरकारलाई दिएको र सरकारले निर्णय गरेमा बुधबार बस्ने महासंघको बैठकले आन्दोलनको मोडालिटीबारे निर्णय गर्ने बताइएको छ।

यता वार्ता पछि बाहिरिदै गर्दा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले द्विपक्षीय वार्ता सकारात्मक दिशामा अघि बढेको र छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने प्रयास भइरहेको बताइन् ।
शिक्षक महासंघले चैत २० गतेदेखि विभिन्न माग राखी आन्दोलन गर्दै आएको छ। २८ दिनदेखि जारी आन्दोलनले सार्वजनिक शिक्षालाई प्रभावित पारेपछि सरकारले माग सम्बोधनमा तदारुकता देखाएको छ। यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले यिनै विषयमा ७ बुँदे प्रस्ताव तयार गरेकीं थिइन्।

आजको वार्तामा उपप्रधानमन्त्रि एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। यस्तै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको शिक्षक टोली वार्तामा सहभागी थियो।


प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?