Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैनः शेखर कोईराला


काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन नसक्ने बताएका छन् ।

विपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमवार काठमाडौंमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा बोल्दै उनले आईतवार सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भएको बताएका छन् । उनले यस्ता कार्यहरू काँग्रेसले सहन नसक्ने बताएका छन् ।

उनले एमालेसँग सहकार्य गरेर सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई आफूले भन्नु केही नभएको बताउँदै सरकार बाहिर रहेकाहरूले गलत र कमी,कमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्नुपर्ने बताएका छन् । उनले कार्यकर्ताहरूलाई सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्न सुझाव दिँदै त्यसको लागि आफूले शाहस दिने जिकिर गरेका छन् ।

उनले भने, “शिक्षकहरूमाथि जुन बर्बरता हिजो सरकारले ग¥यो, त्यो निन्दनीय मात्रै छैन, घृणित पनि छ । यो नेपाली काँग्रेस जस्तो पार्टीले सहन सक्दैन । त्यस कारण मैले भन्ने गरेको छु, सरकारमा बस्ने हाम्रा साथीहरू जो हुनुहुन्छ, उहाँहरूले सहकार्य गरेर जानुहोस् एमालेसँग त्यसमा मलाई केही भन्नु छैन । तपाईं हामीहरू जो बाहिर छौँ, हामीले यो सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट तपाईँहरूले गर्नुपर्छ, तपाईंहरूलाई शाहस दिन म छु ।”

कोईरालाले अब पार्टीको लागि मात्रै नभएर राष्ट्रका निम्ति आवाज बुलन्द गर्नुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?