Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

शिक्षक आन्दोलनमा आफैँ घुसपैठ गराएर सरकार दमनमा उत्रियो:राप्रपा सांसद कार्की


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार फेरि दमनमा उत्रिएको भन्दै आलोचना गेरकी छिन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले सरकारको आलोचना गरेकी हुन् । उनले आईतवारको शिक्षक आन्दोलनमा सरकारले आफैँ घुसपैठ गराएर शिक्षकहरूमाथि लाठीचार्ज, पानीको फोहोर र अश्रु ग्यास प्रयोग गरेर ६२ जना शिक्षकलाई घाइते बनाएको बताएकी छिन् । उनले सरकारले गत चैत १५ गते एक पत्रकारको हत्या गरेको आरोप लगाउँदै आईतवारको प्रदर्शनमा पत्रकार सविना कार्कीलाई घाइते बनाएको बताउदै विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकहरूलाई पठनपाठनमा पठाउने वातावरण तयार गर्न सरकारलाई आग्रह गरेकी छिन् । सांसद कार्कीले प्रदर्शनको क्रममा घाइते भएका शिक्षकहरू र पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेकी छिन् ।

उनले भनिन्, “सरकार फेरि दमनमा उत्रिएको छ । हिजो शिक्षक आन्दोलनमा आफैँ घुसपैठ गराएर शिक्षकहरूमाथि निर्मम रूपमा लाठीचार्ज पानीको फोहोर असुर ग्यासको प्रयोग गरेर ६२ जना शिक्षकहरूलाई घाइते बनाएको छ । महिला शिक्षकहरूमाथि पनि अत्यन्तै दुव्र्यवहारपूर्वक लाठी चार्ज गरेर उनीहरूलाई पनि घाइते बनाएको छ । यो सरकारले के चाहेको हो । सोही घटनामा हिजो प्राइम टेलिभिजनका पत्रकार सविना कार्की पनि घाइते हुनुभएको छ । चैत १५ गते यो सरकारले एक पत्रकारलाई मा¥यो नै । अर्को पत्रकारलाई पनि घाइते बनाएर राखेको छ । म सरकारलाई भन्न चाहन्छु, शिक्षा ऐन दिएर शिक्षकहरूलाई पठनपाठनमा पठाउने वातावरण तयार गरियोस् । आवासीय चिकित्सकहरूलाई उनीहरूको जायज माग पूरा गरेर अस्पतालमा पठाउने वातावरण तयार गरोस् ।”

उनले आन्दोलनरत आवासीय चिकित्सकहरूलाई उनीहरूको माग पूरा गरेर अस्पताल पठाउने वातावरण तयार गर्न पनि सरकारसँग माग गरेकी छिन् ।


प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?