Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

भुट्टो भन्छन् -सिन्धुमा कि पाकिस्तानको पानी बग्छ कि भारतको रगत !


काठमाडौं । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष तथा पूर्वविदेशमन्त्री बिलावल भुट्टोले एक राजनीतिक र्यालीमा बोल्दै भारतले सिन्धु नदीको पानी रोकेमा नदीमा उनीहरुको रगत बग्नसक्ने चेतावनी दिएका छन् ।

भुट्टोको भनाइ उद्धृत गर्दै अलजजिरा लेख्छ- ‘सिन्धु हाम्रो हो र सधैं रहनेछ । या त यो नदीमा हाम्रो पानी बग्छ अथवा उनीहरुको रगत ।’

सिन्धु नदीको पानी उपभोगसम्बन्धी दुई पक्षीय सन्धि भारतले भंग गर्दै पाकिस्तानलाई पानी नदिने घोषणा गरेपछि उनले भारतले सिन्धु नदी पाकिस्तानको हो भनेर स्वीकार गरिसकेकाले अब सिन्धुमाथि कि त पानी बग्ने कि भारतको रगत बग्ने चेतावनी दिए । उनले सिन्धुमाथिको डाकाडाली मन्जुर नहुने बताए ।

बिलाबल भुट्टो लामो समय पाकिस्तानको शासन गरेका आसिफ अली जर्दारी र बेनजिर भुट्टोका छोरा हुन् । जर्दारी अहिले पनि पाकिस्तानको राष्ट्रपति छन् ।


प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?