Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

भुट्टो भन्छन् -सिन्धुमा कि पाकिस्तानको पानी बग्छ कि भारतको रगत !


काठमाडौं । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष तथा पूर्वविदेशमन्त्री बिलावल भुट्टोले एक राजनीतिक र्यालीमा बोल्दै भारतले सिन्धु नदीको पानी रोकेमा नदीमा उनीहरुको रगत बग्नसक्ने चेतावनी दिएका छन् ।

भुट्टोको भनाइ उद्धृत गर्दै अलजजिरा लेख्छ- ‘सिन्धु हाम्रो हो र सधैं रहनेछ । या त यो नदीमा हाम्रो पानी बग्छ अथवा उनीहरुको रगत ।’

सिन्धु नदीको पानी उपभोगसम्बन्धी दुई पक्षीय सन्धि भारतले भंग गर्दै पाकिस्तानलाई पानी नदिने घोषणा गरेपछि उनले भारतले सिन्धु नदी पाकिस्तानको हो भनेर स्वीकार गरिसकेकाले अब सिन्धुमाथि कि त पानी बग्ने कि भारतको रगत बग्ने चेतावनी दिए । उनले सिन्धुमाथिको डाकाडाली मन्जुर नहुने बताए ।

बिलाबल भुट्टो लामो समय पाकिस्तानको शासन गरेका आसिफ अली जर्दारी र बेनजिर भुट्टोका छोरा हुन् । जर्दारी अहिले पनि पाकिस्तानको राष्ट्रपति छन् ।


प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?