Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध छुः शिक्षामन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संविधान, कानून र देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका छन् । उनले सरकार शिक्षकहरुसँग वर्ता र संवादको माध्यमबाट अहिलेका समस्याहरु समाधान गर्न प्रतिवद्ध रहेको बताए । उनले लचिलो भएर वार्तामा आउन शिक्षकहरुलाई आह्वान गरेका छन् ।

उनले भने, ‘सरकार शिक्षकहरुसँग वार्ता र संवादको माध्यमबाट अहिले देखिएका समस्याहरु समाधान गर्न प्रतिवद्ध छ । कटिवद्ध छ । म शिक्षक साथीहरुलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्दछु । संविधानको सीमा, ऐन, कानूनको सीमा र देशको बजेटले धान्ने सीमाभित्र हामी समाधानहरु खोज्न तयार छौँ । सरकारको तर्फबाट वार्ताको आह्वान गरिसकेको छु ।’

सरकारको तर्फबाट वार्ताका लागि आफूले आह्वान गरिसकेको पनि शिक्षामन्त्री पन्तको भनाइ छ ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?