Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पर्यटनमन्त्री पाण्डेको प्रश्तावः काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाउन प्रश्ताव गरेका छन् ।

शुक्रवार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले काठमाडौंभित्र धेरै सम्पदाहरु रहेको उल्लेख गर्दै स्वयम्भू, हनुमान ढोका क्षेत्र, पाटन क्षेत्र, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण, बौद्ध, पशुपतिनाथ लगायतका क्षेत्रहरुका लागि छुट्टै पदमार्गको विकास गर्न जरुरी देखिएको बताएका छन् । यसले पर्यटकलाई निश्न्ति भएर घुम्न मिल्ने र सम्पदाको पनि संरक्षण हुने विश्वास व्यक्त गर्दै नेपालमा जतिसुकै बेला पनि ठूलो भूकम्प जानसक्ने भन्दै त्यसका लागि सचेत भएर बस्नुपर्ने बताएका छन् । उनले यसका लागि तीन तहकै सरकारले मिलेर काम गर्न जरुरी रहेको बताए ।

मन्त्री पाण्डेले भने, ‘हामी कहाँ भूकम्प जुनसुकै बेला, जति पनि ठूलो आउनसक्छ भन्ने त्यत्ति नै जोखिम छ । त्यसैले हामीले बनाउने सम्पदाहरु भूकम्प जुनसुकै बेला र जति पनि ठूलो आउनसक्छ । यसबाट जोगिनुपर्छ भन्ने कोणबाट पनि हामी सचेत हुन जरुरी छ । यसका लागि तीन तहकै सरकारहरुले मिलेर काम गर्नुपर्छ । कतिपय ठाउँहरुले पुरातत्वलाई जोगाउनका लागि हाम्रा अभ्यासहरुलाई, हाम्रा जीवनशैलीलाई पुरातात्विक ढंगले नै हामीले अपनाउने गरी पूर्वाधारहरु खडा गरौँ भन्ने ठान्दो रहेछ । सम्पदा जोगाउनका लागि त्यहाँ मानिसहरु गाडी पनि चलाउँदैनन् । त्यहाँ अरु कुनै भौतिक साधन, आधुनिक साधनहरु चलाएर भ्रमण पनि गर्दैनन् । हामीले सम्भव भयो भने काठमाडौंभित्र थुप्रै सम्पदाहरु छन् । स्वयम्भू, हनुमान ढोका क्षेत्र, पाटन क्षेत्र, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण, बौद्ध, पशुपतिनाथ लगायतका क्षेत्रहरुमा हामीले बिस्तारै यस्तो सर्किट डेभलप गरौँ । जहाँ मानिसहरु निर्वाध ढंगले हिँड्न पाओस् । पछाडिबाट गाडी आउँछ की, हर्न बजाउँछ की, छून्छ की भन्ने भय नहोस् । पैदल यात्री मात्रै हिँड्न मिल्छ भनेर एउटा सर्किटको डेभलप गर्ने काम गरौँ । काठमाडौं उपत्यकालाई सम्पदा यात्राको रुपमा, सर्किटको रुपमा विकास गर्ने हो भने यसको प्रभाव अन्य ठाउँमा पर्नेछ ।’

मन्त्री पाण्डेले नेपालको संस्कृति र प्रकृतिलाई विश्वसामु चिनाउने काम गर्न जरुरी रहेको बताएका छन् । भूकम्पपछिको पुनःनिर्माणसँगै नेपालीको आस्था, धारोहर र आत्मविश्वास उठेको बताए।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?