Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

पर्यटनमन्त्री पाण्डेको प्रश्तावः काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाउन प्रश्ताव गरेका छन् ।

शुक्रवार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले काठमाडौंभित्र धेरै सम्पदाहरु रहेको उल्लेख गर्दै स्वयम्भू, हनुमान ढोका क्षेत्र, पाटन क्षेत्र, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण, बौद्ध, पशुपतिनाथ लगायतका क्षेत्रहरुका लागि छुट्टै पदमार्गको विकास गर्न जरुरी देखिएको बताएका छन् । यसले पर्यटकलाई निश्न्ति भएर घुम्न मिल्ने र सम्पदाको पनि संरक्षण हुने विश्वास व्यक्त गर्दै नेपालमा जतिसुकै बेला पनि ठूलो भूकम्प जानसक्ने भन्दै त्यसका लागि सचेत भएर बस्नुपर्ने बताएका छन् । उनले यसका लागि तीन तहकै सरकारले मिलेर काम गर्न जरुरी रहेको बताए ।

मन्त्री पाण्डेले भने, ‘हामी कहाँ भूकम्प जुनसुकै बेला, जति पनि ठूलो आउनसक्छ भन्ने त्यत्ति नै जोखिम छ । त्यसैले हामीले बनाउने सम्पदाहरु भूकम्प जुनसुकै बेला र जति पनि ठूलो आउनसक्छ । यसबाट जोगिनुपर्छ भन्ने कोणबाट पनि हामी सचेत हुन जरुरी छ । यसका लागि तीन तहकै सरकारहरुले मिलेर काम गर्नुपर्छ । कतिपय ठाउँहरुले पुरातत्वलाई जोगाउनका लागि हाम्रा अभ्यासहरुलाई, हाम्रा जीवनशैलीलाई पुरातात्विक ढंगले नै हामीले अपनाउने गरी पूर्वाधारहरु खडा गरौँ भन्ने ठान्दो रहेछ । सम्पदा जोगाउनका लागि त्यहाँ मानिसहरु गाडी पनि चलाउँदैनन् । त्यहाँ अरु कुनै भौतिक साधन, आधुनिक साधनहरु चलाएर भ्रमण पनि गर्दैनन् । हामीले सम्भव भयो भने काठमाडौंभित्र थुप्रै सम्पदाहरु छन् । स्वयम्भू, हनुमान ढोका क्षेत्र, पाटन क्षेत्र, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण, बौद्ध, पशुपतिनाथ लगायतका क्षेत्रहरुमा हामीले बिस्तारै यस्तो सर्किट डेभलप गरौँ । जहाँ मानिसहरु निर्वाध ढंगले हिँड्न पाओस् । पछाडिबाट गाडी आउँछ की, हर्न बजाउँछ की, छून्छ की भन्ने भय नहोस् । पैदल यात्री मात्रै हिँड्न मिल्छ भनेर एउटा सर्किटको डेभलप गर्ने काम गरौँ । काठमाडौं उपत्यकालाई सम्पदा यात्राको रुपमा, सर्किटको रुपमा विकास गर्ने हो भने यसको प्रभाव अन्य ठाउँमा पर्नेछ ।’

मन्त्री पाण्डेले नेपालको संस्कृति र प्रकृतिलाई विश्वसामु चिनाउने काम गर्न जरुरी रहेको बताएका छन् । भूकम्पपछिको पुनःनिर्माणसँगै नेपालीको आस्था, धारोहर र आत्मविश्वास उठेको बताए।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?