Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार


पर्सा। पर्साको वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट ८ जना किशोरको उद्धार गरिएको छ ।

रक्सौलबाट मधेस प्रदेशका विभिन्न जिल्लाका ८ जना किशोरको उद्धार गरी उनीहरूलाई आफन्तको जिम्मा लगाइएको हो । राम्रो तलवको प्रलोभन देखाई उनीहरूलाई एक नक्कली नेटवर्किङ कम्पनीमार्फत वन्धक बनाई तालिम दिइँदै गरेको अवस्थामा फेला पारिएको थियो । भारतीय प्रहरीले गत मार्च २९ मा उक्त स्थानमा छापा मार्दा ८ जना किशोरसहित ५६८ जना व्यक्ति पक्राउ परेका थिए । उद्धार गरिएका किशोरहरूलाई रक्सौलस्थित दुई वटा निजी अपार्टमेन्टमा राखिएको थियो ।

वीनमेकर नामक नक्कली कम्पनीको नाममा उनीहरूलाई नेटवर्किङ व्यवसायको तालिम दिइँदै थियो। प्रारम्भिक अनुसन्धानबाट ती किशोरहरू सबै १८ वर्षभन्दा कम उमेरका रहेको र प्रलोभनमा परी भारत पुगेको पुष्टि भएको हो । पक्राउ परेपछि उनीहरूलाई दिल्लीस्थित एक सुधार गृहमा राखिएको थियो । उनीहरूलाई किन इन्डिया संस्थाका प्रतिनिधि नवीन जोशी र राष्ट्रिय बाल अधिकार परिषद्, मधेस प्रदेशका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोको सक्रियतामा उद्धार गरिएको हो । बिहीबार ती किशोरहरूलाई सुरक्षित रूपमा नेपाल फर्काई परिवारजनको जिम्मा लगाइएको छ । उनीहरूलाई झुटो आश्वासन दिएर योजनाबद्ध तरिकाले राखिएको किन इण्डियाका प्रतिनिधि जोशी बताएका छन् ।

उनले भने, “उनीहरूलाई झुटो आश्वासन दिएर यो कम्पनीमा यसरी अगाडी बढ्नुपर्छ, उनीहरूलाई धेरै कमाउनुपर्छ भनेर लालच देखाइएको थियो । दारी आउनुभन्दा गाडी आउनुपर्छ तिमिहरूसँग, मैले यसरी तीन करोड कमाएको छु, तिमीहरूले पनि तीन करोड कमाउनुपर्छ लगायतका प्रलोभनमा राखी योजना अनुसार उनीहरूलाई राखिएको थियो । परिवारलाई पनि थाहा दिइएको थिएन । परिवारसँग कुरा हुँदा त्यहाँ कुनै व्यक्तिले निगरानी गरिरहेको थियो ।”

कम्पनीका कर्मचारीहरूले चिनजानका साथीभाइलाई समेत राम्रो आम्दानी हुने भन्दै बोलाई त्यहाँ पर्याउने कार्य गरिरहेको पाइएको छ । जोशीकाअनुसार उक्त कार्यमा संलग्न गिरोहविरुद्ध थप अनुसन्धान र कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।


प्रकाशित मिति: ११ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?