Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण


२१ चैत ,खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदलयात्रु आवतजावत गर्ने स्थान (जेब्राक्रस) तथा तीव्रगति नियन्त्रण गर्ने स्थल (स्पिड ब्रेकर) निर्माण सुरु गरिएको छ ।

बढ्दो सवारी चापका कारण हुनसक्ने दुर्घटनालाई न्यूनीकारण गर्ने उद्देश्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्यमा ती काम थालिएको हो ।

दिक्तेल बजारस्थित किरात चोकमा सोमबार जेब्रा क्रसको रेखा कोरेर कामको सुरुआत गरिएको छ । नगरपालिकाको रु नौ लाख ९३ हजार आठ सय सातमा सम्पन्न हुने जेब्राक्रस तथा स्पिड ब्रेकर कार्यक्रमको शुभारम्म नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ र प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले संयुक्तरूपमा जेब्रा क्रसको रेखा कोरेर गरेका हुन्‌ ।

आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी नगरपालिकाबाट स्वीकृत भएको ‘होम्स तथा सडक मर्मत कार्यक्रम’ अन्तर्गत दिक्तेल बजारका विभिन्न १६ ठाउँमा स्पिड ब्रेकर तथा १० ठाउँमा जेब्राक्रस निर्माण गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सजीव निर्माण सेवा कम्पनी खोटाङले कोटेशनमार्फत जिम्मा लिएको कार्यक्रमअन्तर्गत अल्छेढुङ्गा–अस्पताल चोक सडकखण्डमा कजवेसमेत निर्माण गर्नुपर्ने जनाइएको छ।

सम्झौताअनुसार विभिन्न १० ठाउँमा स्पिड ब्रेकरको कामसमेत सुरु गरिएको कम्पनीका प्रतिनिधि श्यामकुमार पौडेलले जानकारी दिए। “जेब्राक्रसको काम दुई–तीन दिनभित्रै सम्पन्न गछौैँ । स्पिड ब्रेकरका लागि १० ठाउँमा फलामे डण्डी बिछ्याउने काम सम्पन्न गरिसकेका छौँ”, उनले भने, “पहिलो चरणमा एकातर्फको सम्पन्न गरेर पुनः अर्कोतर्फ निर्माण गर्ने योजना बनाएका छौँ । तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गर्छौँ ।”

ढलानको काम भइरहेको दिक्तेल बजारको सडकमा स्पिड ब्रेकर तथा जेब्राक्रस नहुँदा यसअघि पटक–पटक दुर्घटना हुँदै आएको छ । सवारी सञ्चालन गर्दा तीव्रगतिका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले स्पिड ब्रेकर तथा जेब्राक्रस बनाउन नगरपालिकाको तर्फबाट आर्थिक एवं प्राविधिक सहयोग गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिए ।


प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?