Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

शिक्षक आन्दोलन चर्किरहेको बेला शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा


काठमाडौं। काठमाडौंको सडकमा चर्किरहेको शिक्षकहरूको आन्दोलनकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छिन् ।

देशभरका शिक्षकहरूले सङ्घीय राजधानीको सडकमा चर्काएको १९ दिन पुग्दा यता शिक्षामन्त्री भट्टराईले भने पदबाट राजीनामा दिएकी हुन् । उनले सोमवार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका देशभरका शिक्षकहरूको मागलाई सम्बोधन गर्न उनि सक्रिय रूपमा लागेकी थिइन् । तर शिक्षकका माग सम्बोधन गर्न सरकारले प्रधानमन्त्री ओली र सरकारले नै चासो नदिएपछि उहाँ दबाबमा पर्नुभएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

लामो समयदेखि संसदीय समितिमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई पारित गर्न उनले सक्रियता बढाएकी थिइन् । उनले सोमवार बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्ने गरी ७ बुँदे प्रश्ताव लैजाने तयारी गरेकी थिइन् । गत चैत्र २० गतेदेखि आन्दोलन शुरु गरेका शिक्षकहरूले चैत्र २५ गते देखि शैक्षिक सत्र ठप्प पारेर काठमाडौं केन्द्रित आन्दोलन शुरु गरेका थिए ।

सरकारले वैशाख १२ गतेदेखि शुरु हुने संसदको बजेट अधिवेशनबाटै विद्यालय शिक्षा ऐन जारी गर्ने आश्वासन दिँदै आन्दोलन छोड्न आग्रह गरिरहे पनि शिक्षकहरूले सडक छाडेका छैनन् । शिक्षकहरूको आन्दोलनको बीचमा शिक्षामन्त्रीले राजीनामा दिएपछि सरकारमाथि झनै दबाब थपिएको छ । पछिल्लो समय शिक्षामन्त्री भट्टराईको स्वास्थ्य अवस्था प्रतिकुल थियो ।
उनि २०८१ असार ३१ गते शिक्षामन्त्रीमा नियुक्त भएकी थिइन् ।

त्रिभूवन विश्वविद्यालयमा लामो समय अध्यापन गराउनुभएको उनि गत २०७९ को निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएकी थिइन् ।


प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?