Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

नयाँ वर्षमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुने


काठमाडौँ। नयाँ वर्षको अवसरमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुने भएको छ ।

शुक्रवार नगरकोटमा पत्रकार सम्मेलन गर्दै भक्तपुरको चाँगुनारायण, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । नगरकोट भमण वर्षको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षको दिन (वैशाख १) मा गर्नेछन । भ्रमण वर्षको अवसरमा २ र ३ गतेपनि कार्यक्रम सञ्चालन हुनेछ । नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा भ्रमण वर्ष हुन लागेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले बताएका छन् । उनले भ्रमण वर्षको तयारी पूरा भइसकेको र २०८२ भित्रै नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सम्बन्धित निकायको ध्यानाकपर्ण गराउने समेत मुख्य लक्ष्य लिइएको जानकारी दिएका छन् ।

उनले भ्रमण वर्षभर कम्तीमा एकलाख अन्तर्राष्ट्रिय र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिएको बताएका छन् । नगरकोट भ्रमण वर्षलाई लक्षित गरी नगरकोटमा आन्तरिक पर्यटकलाई अवधि सुविधा दिनेगरी नगरकोटबाट काठमाडौंसम्म सिधा बस सेवा सञ्चालन गरिसकेको जानकारी दिएका छन् । होटल व्यवसायीहरुले नयाँ वर्षको १, २ र ३ गते १५ प्रतिशत र भ्रमण वर्ष अवधिभर नगरकोट आाउने आन्तरिक तथा वाह्य पर्यटकको बसाईमा १० प्रतिशत छुट दिने घोषणा गरेको छ ।


प्रकाशित मिति: २९ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?