Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नयाँ वर्षमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुने


काठमाडौँ। नयाँ वर्षको अवसरमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुने भएको छ ।

शुक्रवार नगरकोटमा पत्रकार सम्मेलन गर्दै भक्तपुरको चाँगुनारायण, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । नगरकोट भमण वर्षको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षको दिन (वैशाख १) मा गर्नेछन । भ्रमण वर्षको अवसरमा २ र ३ गतेपनि कार्यक्रम सञ्चालन हुनेछ । नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा भ्रमण वर्ष हुन लागेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले बताएका छन् । उनले भ्रमण वर्षको तयारी पूरा भइसकेको र २०८२ भित्रै नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सम्बन्धित निकायको ध्यानाकपर्ण गराउने समेत मुख्य लक्ष्य लिइएको जानकारी दिएका छन् ।

उनले भ्रमण वर्षभर कम्तीमा एकलाख अन्तर्राष्ट्रिय र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिएको बताएका छन् । नगरकोट भ्रमण वर्षलाई लक्षित गरी नगरकोटमा आन्तरिक पर्यटकलाई अवधि सुविधा दिनेगरी नगरकोटबाट काठमाडौंसम्म सिधा बस सेवा सञ्चालन गरिसकेको जानकारी दिएका छन् । होटल व्यवसायीहरुले नयाँ वर्षको १, २ र ३ गते १५ प्रतिशत र भ्रमण वर्ष अवधिभर नगरकोट आाउने आन्तरिक तथा वाह्य पर्यटकको बसाईमा १० प्रतिशत छुट दिने घोषणा गरेको छ ।


प्रकाशित मिति: २९ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?