Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

ललितपुर शिर्ष स्थानमा उक्लियो, एफसी चितवनको पहिलो हार


काठमाडौँ। ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसल) को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ ।

दशरथ रंगशालामा बिहीवार भएको चौथो खेलमा ललितपुरले एफसी चितवनलाई २–१ ले हराउँदै दोस्रो जित निकालेको हो । ललितपुरका इमोह इजिइल र मणिकुमार लामाले गोल गरे । एफसी चितवनका भिक्टोर मानसारेले एक गोल गरे । जितपछि ललितपुरले एफसी चितवनलाई नै पछि पार्दै शिर्ष स्थानमा उक्लिएको छ । ललितपुरले चार खेलबाट ८ अंक जोड्यो । चितवनको पनि समान खेलबाट ७ अंक छ । तेस्रो जित निकाल्दै शीर्ष स्थानमा कायमै रहने चितवनको लक्ष्य पूरा भएन र पहिलो हार सामना ग¥यो । समग्रमा तेस्रो भेटमा ललितपुरले दोस्रोपल्ट चितवनविरुद्ध जित निकालेको हो । एक खेलको नतिजा भने बराबरीमा नै टुङ्गिएको थियो । ललितपुरले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो ।

पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो । चितवनले भने कमजोर प्रदर्शन ग¥यो । खेलको दोस्रो मिनेटमा ललितपुरले गोल गर्ने अवसर गुमायो । पापा इबाउ केबेले गोलकिपर अमल नाइटसँगको वान भर्सेस वानमा गोल गर्न सकेनन् । गोलकिपर नाइटले उनको प्रहार रोके । तर, तेस्रो मिनेटमा भने अमलकै फितलो प्रदर्शनमा ललितपुरले अग्रता बनायो । इजेकिइलले हेडर दोस्रो बारमा सुन्दर गोलमा परिणत भयो । मणिकुमारले करिब ३० यार्ड टाढाबाट हानेको फ्रिकिकलाई उनले हेड गरेका हुन् । १२औं मिनेटमा ललितपुरले अग्रता दोब्बर पार्ने अवसर गुमायो । मणिकुमारले बक्सबाहिरबाट गरेको सशक्त प्रहारलाई चितवनका गोलकिपर अमल नाइटले बचाए । यसबीच चितवनले आकर्षक अवसर नै बनाउन सकेन । पहिलो हाफको थप समयमा चितवनको आक्रमण सफल भएन ।

शिशिर लेखीको क्रसमा मानसरेको हेडरलाई ललितपुरका गोलकिपर जाफ्रे बाल्टुसले बचाए । यससँगै पहिलो हाफमा ललितपुरले १–० को अग्रता बनायो । तर, दोस्रो हाफमा चितवनले गोल फर्काउँदै बराबरीमा ल्यायो । ७४औं मिनेटमा चितवनले भिक्टोरको गोलबाट बराबरी गरेको हो । अन्जन विष्टको क्रसलाई शिशिर लेखीको सट ललितपुरका गोलकिपर सुमित श्रेष्ठले नियन्त्रणमा लिन सकेनन् । सो बललाई भिक्टोरले वान टचमार्पmत जाली चुमाएका हुन् । तर, ८०औं मिनेटमा मणिकुमारको उत्कृष्ट फ्रिकिक गोलबाट ललितपुरले फेरि अग्रता लियो । त्यसपछि दुवै तर्फबाट गोलका प्रयास भए पनि निस्किएन र ललितपुरले २–१ को जित निकाल्यो ।

चितवनले यसअघि पोखरा थन्डर्सलाई २–० र बुटवल लुम्बिनीलाई १–० ले हराउँदा झापा एफसीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । ललितपुरले भने पोखरा थन्डर्सलाई ३–२ ले हराउँदा काठमाडौं रेजर्ससँग २–२ को बराबरी र धनगढीसँग गोलरहित बराबरी खेलेको थियो ।


प्रकाशित मिति: २९ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?