Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

सम्पूर्ण खोला मापदण्ड खारेजजीको माग गर्दै प्रदर्शन


काठमाडौँ। सम्पूर्ण खोला मापदण्ड खारेजजीको माग गर्दै भूमि अधिकार संरक्षण समितिले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।

बिहीवार काठमाडौंको माईतीघर मण्डलामा भूमि अधिकार संरक्षण समितिको आह्वानमा उपस्थित भइ बिरोध प्रदर्श गरिएको हो । उनीहरुले जनतालाई उठिवास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर, झीगु भूमि झीगु अधिकार, जनताको सम्पतीको हक कायम गर, आइएसओ १६९ लागू गर जस्ता प्लेकार्ड र नारा लगाइ बिरोध प्रदर्शन गरेका हुन् । बिरोध कार्यक्रममा बोल्दै धोबिखोला करिडोर प्रभावित मुल समितिका अध्यक्ष ऋषिराम बस्यालले नदी किनारको २० मिटर क्षेत्र छोड्नुपर्ने फैसला सर्वोच्च अदालतले मनगढन्ते रुपमा गरेको आरोप लगाउनु भयो ।

उनले यो समस्या काठमाडौं उपत्यकामा मात्रै देखिए पनि नेपालभर लागू भए करोडौं जनता विस्थापित हुने बताउदै मापदण्डको नाममा सरकारले आतंक मच्चाएको आरोप लगाएका छन् ।


प्रकाशित मिति: २८ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?