
बझाङ। बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
बझांग जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगैको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
जिल्लामा लगातार पानी र अझै चट्याङको जोखिम भएको हुँदा सबैलाई सतर्क रहन पनि उनले आग्रह गरे ।
प्रकाशित मिति: २८ चैत्र २०८१, बिहीबार