Trending
>>   आज मिति २०८२ साल वैशाख १० गते बुधबार ,हेर्नुहोस् आजको राशिफल >>   भारतसँग भयो उर्जा विकासका सम्झौता >>   प्रधानमन्त्री बन्नेहरुलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छः वामदेव गौतम >>   ११ गते देखि हुने कक्षा १२ को परीक्षा सर्यो ,२१ गते देखि हुने >>   सत्ताको लोभबाट माओवादी बाहिर आउन सकेनः घनश्याम भुसाल >>   कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, आवश्यक तयारी गर्न निर्देशन >>   छिचमिराहरुको जमाना आउँछ की भन्ने नसोचे हुन्छः प्रधानमन्त्री >>   नेकपा महासचिव चन्दको गुनासोः प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटी हेरेनन् >>   एफएनसिसिआईद्वारा उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद >>   ‘चारतिर’ फर्किएका नेपालका कम्युनिस्ट दलः एक–अर्कामाथि आलोचना, एकताको विषय चर्चामा सिमित
Logo
१० बैशाख २०८२, बुधबार
१० बैशाख २०८२, बुधबार

नेपालले करिव २७ टन राहत सामग्री म्यानमारलाई सहयोग गर्दै


काठमाडौँ। सरकारले म्यानमार सरकारलाई करिव २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।

बुधवार नेपालबाट परराष्ट्रमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुसहितको टोलीले म्यानमार सरकारलाई करिव २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको हो । त्यसका लागि आज राति नेपाली प्रतिनिधि मण्डल म्यानमार प्रस्थान गर्नेछ । नेपालबाट परराष्ट्रमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुले सहभागिता जनाउने र म्यानमारमा राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री डा. आरजु राणाले बताएकी छिन् ।

म्यानमारमा गत शुक्रवार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट ३ हजार बढीको मृत्यु भएको छ । भूकम्पबाट क्षतिग्रस्त म्यानमारलाई सरकारले आवश्यक परेका सामग्रीहरुको सूचि माग गरेको थियो । म्यानमारले उपलब्ध गराएको सूचिअनुसार खाद्यान्न, औषधिहरु, मेडिकल टिमहरु रहेको र आवश्यक राहत सामग्री उलब्ध गराउन लागिएको बताइन् । यसअघि नेपाली सेनाको चिकित्सकको टोली भने म्यानमारमा गइसकेको छ । निजी क्षेत्र र सरकार मिलेर २७ टन सामग्री जम्मा भएको र सोही सामग्री हस्तान्तरण गरिने जानकारी मन्त्री राणाले दिइन् ।

मन्त्री राणले भनिन्, ‘हाम्रो राजदुतावास म्यानमारमा भएको हुनोल त्यहाँको सरकारसँग सम्पर्क गरेर केके सामान तपाईंहरुलाई चाहिन्छ भनेर लिस्ट ल्याउनुभएको थियो, त्यसमा खाद्यान्न, औषधिहरु, मेडिकल टिमहरु माग्नुभएको थियो । मेडिकल टिम नेपाली सेनाले पठाएको छ । त्यो टिम अब दुई दिनपछि मात्रै फर्किन्छ । निजी क्षेत्र र सरकार मिलेर २७ टन सामग्री जम्मा भएको छ । नेपाल सरकारको तर्फबाट यो हस्तान्तरण गर्नेछौँ ।’

हस्तान्तरण गरिने सामग्रीहरुको बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले म्यानमार २०७२ सालमा नेपालमा गएको महाभूकम्पमा सहयोगी राष्ट्र रहेको र सरकारले पनि म्यानमारलाई राहत सामग्री पठाउन लागेको बताएका छन् । खाद्यपदार्थ, पकाउन चाहिने भाँडाकुँडा, मेडिसिनहरु, ब्लड ट्रान्सफ्युजन सेट, टेन्टहरु पठाउने जानकारी दिएका छन् । उनकाअनुसार २७ मेट्रिक टन भन्दा बढीको सामान आज नेपाल सरकारले म्यानमार सरकारलाई पठाउँदैछ । । यो भन्दा पहिला नेपाली सेनाको इमर्जेन्सी मेडिकल टिम म्यानमारमा गएर काम गरिरहेको बताए । अहिले नेपाल सरकारको तर्फबाट लगभग १ करोड ४० लाखको राहत सामग्री पठाइने बताएका छन् ।

उनले भने, ‘गएको शुक्रवार म्यानमारमा गएको भूकम्पले गर्दा त्यहाँ भएको क्षति र नेपालमा गएको २०७२ सालको भूकम्पमा पनि सहयोगी राष्ट्र भएकाले उहाँहरुलाई सहयोग गर्न नेपाल सरकारले आज साँझको चार्टड प्लोनबाट राहत सामग्री पठाउँदैछ । आवश्यक रुपमा चाहिने खाद्यपदार्थ, पकाउन चाहिने भाँडाकुँडा, मेडिसिनहरु, ब्लड ट्रान्सफ्युजन सेट, टेन्टहरु आज पठाउँदैछ । लगभग २७ मेट्रिक टन भन्दा बढीको सामान आज नेपाल सरकारले म्यानमार सरकारलाई पठाउँदैछ । यो भन्दा पहिला नेपाली सेनाको इमर्जेन्सी मेडिकल टिम चिकित्सकसहित नै गएको हो । उहाँहरुले सेवा दिइरहनुभएको छ । अहिले नेपाल सरकारको तर्फबाट लगभग १ करोड ४० लाखको राहत सामग्री जाँदैछ । निजी संघसंस्था, सरकारमा रहेको मौज्दात सामग्रीहरु पनि लिएका छौँ । एफएनसिसिआई, सिएनआई, चाउचाउ, औषधि फ्याक्ट्रीहरुबाट सहयोग उठेको हो ।’

प्रवक्ता बुढाथोकीले निजी संघसंस्थाको सहयोगका साथै सरकारसँग मौज्दात सामग्रीहरु समावेश गरेर राहत सामग्री पठाउन लागिएको बताएका छन् ।


प्रकाशित मिति: २७ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?