Trending
>>   पशुपतिमा रहेको बिरुपाक्ष पुरै जमिनमा निस्किएकाे दिन के हुन्छ? >>   बजेट अधिवेशनमा शिक्षकहरुका माग सम्बोधन गर्न सम्भव छैनः सभामुख घिमिरे >>   अमेरिकासँगको वार्ताको अर्को चरण ओमान बाहिर हुन्छः इरान >>   राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान >>   कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प >>   ‘नेपालबाट निर्यात हुने खाद्यवस्तुहरू परीक्षणको लागि भारत जानुपर्ने बाध्यता हट्यो’ >>   दक्षिण पश्चिम पाकिस्तानमा बम आक्रमणमा ३ सुरक्षा कर्मीको मृत्यु, १६ घाइते >>   स्व. न्यौपाने निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः देउवा >>   औषधि लिमिटेडसँग सम्झौता गर्न नचाहने स्वास्थ्य मन्त्रालयको रवैयाले औषधि उत्पादन प्रणाली नै संकटमा >>   एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि बढौँः बाबुराम भट्टराई
Logo
४ बैशाख २०८२, बुधबार
४ बैशाख २०८२, बुधबार

छिमेकीको हत्या गरी साधुको भेषमा लुकिछिपी बसेका लोकनाथ १७ वर्षपछि पक्राउ


काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पर्सा विन्दवासिनी गाउँपालिका-२ घर भएका ६२ वर्षीय लोकनाथ साह तेलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसलाले उक्त मुद्दामा सर्वस्व सहित जन्म कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पर्सा वीरगंजबाट पक्राउ गरेको हो ।

लोकनाथले पर्सा साविक बहुअर्वाभाठा गाबिस-५ बस्ने ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादको विषयमा छलफल गर्ने भनि बोलाई २०६४ वैशाख २५ गते गोली प्रहार गरी हत्या गरी फरार भएको घटनामा अदालतले उनी उपर उक्त फैसला गरेको थियो । साथै उनी भारत चम्पारण पिपरियास्थित रामजानकी मन्दिरमा पुजारीको रूपमा १० वर्षदेखि साधुको भेष धारण गरी लुकिछिपी बसेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।


प्रकाशित मिति: २७ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?