Trending
>>   आज मिति २०८२ साल वैशाख ०१ गते सोमबार ,हेर्नुहोस् आजको राशिफल >>   कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै >>   जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन >>   आन्दोलनरत शिक्षकहरुलाई संसदीय समितिको आग्रहः माग सम्बोधन हुन्छन्, आन्दोलनलाई पुनर्विचार गर्नुस् >>   सबैलाई मिलाउनसक्ने संविधान छ, कुनै एक दलले बहुमत ल्याउन गाह्रो छः सभापति देउवा >>   ‘पूर्वराजा शाहलाई समितिमा बोलाउने नीतिगत व्यवस्था नै छैन’: संघीय संसद सचिवालय >>   जनतामा पैदा भएको जागरुकताले ०८२ सालमा परिणाम हासिल गर्छ : ज्ञानेन्द्र शाह >>   अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हारिरहेको छः अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू >>   आउँदो बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छः अर्थशास्त्री केशव आचार्य >>   आज मिति २०८१ साल चैत्र ३१ गते आइतबार ,हेर्नुहोस् आजको राशिफल
Logo
२ बैशाख २०८२, सोमबार
२ बैशाख २०८२, सोमबार

सगरमाथा बेसक्याम्पमा विलासी सामान प्रयोगमा रोक लगाउँ


काठमाडौँ। सगरमाथा बेसक्याम्पमा प्रयोग गरिने विलासी सामान प्रयोगमा रोक लगाउन सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाहरुले हिमाल चढ्न जाँदा पनि आरामदायी जीवन बिताउन खोज्ने परिपाटीका कारण हिमालहरु बढी जोखिममा परेको दाबी गरेका हुन् । उनीहरुले बेसक्याम्पमा लग्जरी जीवनशैलीका लागि प्रयोग हुने सामग्री प्रयोगमा रोक लगाउन सरकारलाई सुझाव दिएका छन् ।

हिमाली पर्यटन व्यवसायी एवं पथप्रदर्शक (गाइड) दावा टासी शेर्पाले हिमाली क्षेत्रमा लग्जरी मेसिनहरुको प्रयोग गर्ने गरिएको उल्लेख गर्दै त्यसबाट उत्पन्न समस्याको दोष जलवायु परिवर्तनलाई दिने गरिएको गुनासो गरेका छन् । शेर्पाले धेरै मानिसहरु हिमाल अराोहणका लागि जाँदा हिउँ पग्लिएर हिमालले थेग्न नसकेको भनेर गलत प्रचार गरिएको दाबी गरेका छन् । हिमाल आरोहणका लागि मौसम सधैँ अनुकुल नहुँदा कहिले काहीँ एकैदिन भार पर्ने कुरालाई मात्रै हेरेर ‘हिमालले अब धान्दैन’ भनी गलत प्रचार नगर्न आग्रह गरे । उनले आरोही बढेर नभई विलासी सामान प्रयोगका कारण हिमालका आधारशिविर जोखिममा रहेको दाबी गर्दै उनले  क्षणिक सुख र अर्थोपार्जनको लोभमा प्रकृति र संस्कृतिको विनाश भइरहदा पर्वतीय र सांस्कृतिक पर्यटक आवागमनमा कमि आएको बताएका छन् ।

उनले भने , ‘क्लाइमेटको कुरा गर्दैगर्दा के साँच्चिकै पपुलेसनले गर्दा यो भइरहेको छ की विभिन्न गतिविधिले गरिरहेको छ भन्ने हामी आजको दिनबाट सरकारले र हामी व्यक्तिहरुले शुरु गर्नु जरुरी छ । हामीसँग च्यालेन्ज छ, क्लाइमेट चेन्जले च्यालेन्ज भयो भन्दै गर्दा के हामीले यो लग्जरीपन अलिकति घटाउन सकिँदैन ? एभरेष्ट बेसक्याम्पमा धेरै जना मान्छे उपस्थित भएर हिउँ बिलय भएको हो ? वा उसलाई सुविधा दिनको लागि कफी मेसिनदेखि लग्जरी सोफा लगेर आइस बनेर त्यो हिउँ विलय भएको हो ? यसमा अध्ययन गर्न जरुरी छ । धेरै मानिसहरु भएर अब यो हिमालले थेग्न सकेन भनेर एउटा अदालतले पनि साहित्यिक रुपमा एउटा आर्टिकल न्युज लेख्नुभएको थियो । सगरमाथाले अब मान्छे थेग्न सक्दिन कम गर्नुपर्छ भनेर । हामीले त्यो एक दिनको ट्राफिकलाई हेरेर निर्णय गर्नु हुँदैन । अरु क्षेत्रमा हजारौँ संख्यामा हुँदा जलवायु परिवर्तनमा असर नगर्ने त्यहाँ गर्ने भन्ने हुँदैन । मान्छे धेरै भएर नै त्यो स्थिति भएको हो त ? होइन, वेदर विन्डोले गर्दा हो ।’

जलवायु विज्ञ पपुलर जेन्टलले जलवायु न्यायको मुद्दा विश्वव्यापी रुपमा पेचिलो बन्दै गएकाले त्यससम्बन्धमा राष्ट्रको आफ्नै रणनीति हुनुपर्नेमा जोड दिएका छन् । उनले हिमाल संरक्षण र जलवायु अनुकुलनका कार्यक्रममा दात्तृ निकायको मात्रै भर पर्न नहुनेमा पनि जोड दिएका छन् । युएनफसिसिसिमा माउण्टेनको विषयमा चर्चा हुने गरेको भएपनि मुल मुद्दा बन्न नसकेको उल्लेख गर्दे मुल मुद्दा नबनेसम्म यसमा अन्तराष्टिय लगानी बढ्न नसक्ने तर्क गरेका छन्  ।

उनले भने ‘हाम्रो माउण्टेन रिजनले नेपाललाई मात्रै होइन विश्वलाई सेवा दिइरहेको छ । माउण्टेनमा मात्रै नभई तल्लो तटिय क्षेत्रमा बस्नेलाई पनि स्वच्छ पानी दिइरहेको छ । माउण्टेनले एयर कुलिङको काम गरिरहेको छ । माउण्टेन रिजनले प्रोभाईड गरेको ग्लोवल सर्भिसहरु थ्रेटमा छ अहिले जलवायु परिवर्तन, प्रदुषण जस्ता वातावरणणीय संकटले गर्दा । हाम्रो आफ्नो क्षमताले मात्रै यस क्षेत्रमा काम गर्न सक्दैनौँ । त्यसैले यो ग्लोबल एजेण्डा बन्नुपर्छ । माउण्टेनको एजेण्डालाई युएनएफसिसिसिको मुल एजेण्डा कहिले पनि बन्न सकेको छैन । सधैँ पेरिफेरिमा छ । जब माउण्टेनको एजेण्डा युएनएफसिसिसिको कोर बिजनेस बन्छ तब यसमा इन्भेस्टमेण्ट हुन्छ ।’

इसिमोड प्रमुख पेमा ग्यामात्सोले सांस्कृतिक र धार्मिक रुपमा पनि माउण्टेनको निकै ठूलो महत्व रहेको उल्लेख गर्दे उनले हिमालको संरक्षणमा सबैले योगदान दिनुपर्ने उल्लेख गरेका छन् । उनले हिउँ पग्लिएको विषय जलवायु परिर्वतनका कारण मात्रै नभएको भन्दै मानविय गतिविधिहरुलाई पनि पुनःमूल्यांकन गर्नुपर्नेमा जोड दिएका छन्  । मानव विकासको सबै चरणमा आवश्यक कुरालाई अहिलेसम्म हिमालले दिँदै आएकाले अब मानव समुदायले हिमाल संरक्षणमा योगदान पुर्याउन आवश्यक रहेको बताए  ।

पूर्वसचिव मधुकुमार मरासिनीले जलवायु परिवर्तनका असर कम गर्न सरकार र अन्तर्राष्ट्रिय समुदायको मात्रै मुख ताक्ने नभइ आफ्नो ठाउँबाट सबैले भुमिका खेल्नुपर्नेमा जोड दिएका छन्  । नेपाल जलवायु परिवर्तनको उच्च जोखिम भएको मुलुक रहेको भन्दै त्यसको असर न्युनिकरणका लागि नेपालले लगानी बढाउन जरुरी रहेको बताए  । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सरकारले स्पष्ट रोडम्याप बनाउनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २५ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?