Trending
>>   नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण >>   प्रधानमन्त्री साहको पुर्ख्यौली गाउँमा खुशीयाली >>   खेलकुद र शिक्षा क्षेत्रमा राजनीतिकरण अन्त्य गर्ने मन्त्री पोखरेलको उद्घोष >>   प्रधानमन्त्रीको मिसन र भिजनअनुसार काम गर्न कटिवद्ध छुः नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिना >>   नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण >>   नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाले पदभार, गरे तीन महत्वपूर्ण निर्णय >>   वाचापत्रमा उल्लेख गरिएका कामहरु पूरा हुनेगरी काम गर्छौंः नवनियुक्त शिक्षामन्त्री पोखरेल >>   कुरा गरेर देश बन्दैन, श्रमदान अपरिहार्य छः हर्क साम्पाङ्ग >>   नवनिर्वाचित मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ ग्रहण >>   प्रधानमन्त्री साहद्वारा पद तथा गोपनियताको शपथग्रहण
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँ, प्रचण्डजी पछि मिसिएका हुन् : माधव नेपाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोईराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर आएको बताएका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी जनयुद्धबाट तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै मिसिएको बताएका छन् ।

उनले तत्कालीन नेकपा एमालेमा रहँदा आफ्नो पार्टीले साउन महिनामा नै गणतन्त्र ल्याउने निर्णय कोईराला र आफूले गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा नै सुम्पिएको दावी गरेका छन् । उनले पछिल्ला घटनाक्रमहरुप्रति लक्षित गर्दै अध्यक्ष नेपालले पूर्वराजा शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा भनेको आफूले सुनेको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । पूर्वराजाको इच्छा नगरेको कुरापछि बाहिर हल्ला मात्रै रहेको र त्यसले मन शान्त भएको उनको भनाइ छ । पूर्वराजाको नाम लिएर अरुले फाइदा उठाउन खोजेको भन्दै राजनीति गर्ने भए पार्टी खोलेर चुनावमा आउन पूर्वराजालाई चुनौति दिएका छन् ।

अध्यक्ष नेपालले भने, ‘एउटा राम्रो कुरा मैले सुनेँ । राम्रो कुरा के हो भने त्यो उनको पूर्वराजाको सचिव एक जनाले बोलेको कुरा सही हो भने, मलाई थाहा छैन । अहिले राजा फर्काउने कुरा छैन, राजाको इच्छा पनि होइन । पूर्वराजाको इच्छा पनि होइन । बाहिरको हल्ला मात्रै हो भनेपनि अलिकति मन शान्त भएको छ । अरुले पनि फाइदा उठाउन खोजेका रहेछन् । यदी त्यो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु । राजनीति गर्नु छ भने पार्टी खोल्नुस् । राजनीतिक मैदानमा आउनुस् । जनताको बीचमा जानुस् । चुनावमा जितेर बहुमत ल्याउनुस् । देश र जनताको कल्याण गर्नुहुन्छ भने खुशीकै कुरो । हामीले त केपी ओलीलाई राम्रो बन्नुस् भनिरहेका छौँ । हाम्रो सासै गन्हाउने मान्छे, अनुहार नै मन नपराउने मान्छे त्यही पनि राम्रो गरिदिनुस् भनिरहेका छौँ । कसैसँग आग्रह पाल्ने, पूर्वाग्रह राखेका छैनौँ । ज्ञानेन्द्रले पनि उहिले छोडिसकेको हो । यि जम्मै कुराहरु गर्ने हामी तीन जना नेता हौँ । एउटा गिरिजाप्रसाद कोईराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र । पछि मात्रै हुन् प्रचण्ड जी । पछि मात्रै हो उहाँहरु आएको भनेको त जनयुद्धको जुन इलाकाबाट पछि आएको मात्रै हो । मंसिर महिनामा हामीले सहमति गरिसकेपछि मात्रै आएको हो । हाम्रो पार्टीले गणतन्त्र ल्याउने निर्णय हामीले गरेको साउन महिनामा हो । बसेर सहमति गरेको २०६३ सालको वैशाखको ११ गते हो । ११ गते बस्दा म र गिरिजाबाबु थियौँ । हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ । सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो ।’

अध्यक्ष नेपालले राजाहरुले विगतमा के काम गरेर अहिले राजा फर्काउने भन्दै प्रश्न गरेका छन् । उनले जनताले रोजेको व्यक्ति भन्दा वंशको शासनले देशको भलो गर्न नसक्ने बताएका छन् । वंशको शासन कहिले पनि राम्रो नहुने उनको भनाइ छ । पूर्वराजालाई फर्काउनुको पछाडि कुनै देश बनाउने, विकास गर्ने योजना छ ? भन्दै प्रश्न गरेका छन् । राजा र उनका नजिककाहरुले देश लुट्न खोजिरहेको आरोप लगाउदै उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने पनि बताएका छन् ।

अध्यक्ष नेपालले भने, ‘राजालाई फर्काउने कोशिस गरिरहेका छन् । राजतन्त्रलाई फेरि नेपालमा फर्काउने कुरा गरिरहेका छन् । राजा आएर हुन्छ के ? राजाहरुले हिजो के काम गरेका थिए र उनलाई ल्याउनुप¥यो ? उनले देशको विकासलाई कुन नयाँ बाटोमा लिएर गएका थिए ? जनताले रोज्नु भन्दा र रोजेको भन्दा कुनै वंशको शासनले देशको भलो गर्नसक्छ । कुनै तथ्य, तर्कले पुष्टि गर्दैन । फेरि राजा फर्काउने कुरा भनेको इतिहासको पाङ्ग्रालाई पछाडि धकेल्ने हो । वंशको शासन कहिले पनि राम्रो हुँदैन । उनका सन्तानहरु कस्ता छन्, हामीले देखेका छौँ । तिनीहरु देशका मुख्य भए भने के हुन्छ ? जनतालाई के फाइदा हुन्छ, किन चाहियो ? जनताको भलो कसरी गर्दछ । यसको खुबी, क्षमता, योजनाले । के चिजले गर्दा राजतन्त्र चाहियो ? देश बनाउने कुनै योजना छ त्यहाँ, देशलाई परिवर्तन गर्ने कुनै योजना छ ? देश विकासको कुनै सोच छ, उद्योग विकासको कुनै सोच छ, शिक्षा, स्वास्थ्य र सीप विकासका कुनै विशाल खाकाहरु छन् त्यहाँ ? केही पनि छैन । कुरो यत्ति मात्रै हो । राजा र उसका आसेपासेले यो देश लुट्न खोजिरहेका छन् । अरुले लुटे हामी लुट्दैनौँ भनेर होइन । अरुले लुटे हामी पनि लुट्छौँ भनेर । होइन भने त्यही माया छ भने राम्रो पार्टी बनाएर आउनुस् । जनताको सेवा गर्ने पार्टी बनाउनुुस् । चुनावमा भाग लिए हुन्छ । चुनावमा जितेर आए भयो । जितेर बहुमत ल्याएर सरकार चलाए पनि भयो । त्यसैले हामी भनिरहेका छौँ । गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । अवश्य पनि यो व्यवस्था अझै समुन्नत बनाउनु पर्छ । व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने छ । बदलिँदै बदलिएन भन्नेकुरा पनि सही होइन, बाटाघाटा, जनताको आर्थिक अवस्था, शिक्षा स्वास्थ्यको कुरा हेर्ने हो भने धेरै कुरा भएको छ । भ्रष्टाचारका कारणले निराश भएको छ ।’

अध्यक्ष नेपालले राजावादीहरुले मच्चाइरहेको हल्लामा कुनै सत्यता नरहेको बताउंदै उनले राजावादी नेताहरु पनि सरकारमा रहेको उल्लेख गर्दै अरुलाई दोष दिएर मात्रै नहुने जिकिर गरेका छन् । उनले एमाले—काँग्रेस—नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा सुरक्षा दिएपनि आफ्नो पार्टी कार्यालयमा सुरक्षा नदिएको भन्दै सरकारको आलोचना गरेका छन् । आफ्नो पार्टीलाई तत्काल क्षतिपूर्ति दिन माग गरे ।


प्रकाशित मिति: २४ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?