Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

पोखरा थन्डर्सको पहिलो जित


काठमाडौँ। पोखरा थन्डर्सले पूर्वविजेता काठमाडौं रेजर्सलाई हराउँदै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको पहिलो खेलमा पोखराले काठमाडौं रेजर्समाथि २–० को जित निकालेको हो । पोखराको जितमा स्टेफन बिनोङ र सुदिल राईले गोल गरेका हुन् । तीन खेलबाट पोखराले पहिलो तीन अंक बटुलेको हो । काठमाडौंको भने तीन खेलसम्म जितविहीन भएको छ । काठमाडौं यसअघि पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीसँग २–२ र झापा एफसीसँग गोलरहित बराबरीको नजिता सामना गरेको थियो । तेस्रो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको काठमाडौंको लक्ष्य पूरा भएन । यससँगै काठमाडौंले तीन खेलबाट दुई अंक मात्र जोडेको छ ।

सात टोली सहभागी तेस्रो संस्करणमा तेस्रो खेलसम्म जितविहीन रहँदा काठमाडौं दबाबमा पनि परेको छ । यता, पोखरा पनि यस खेलअगाडिसम्म अंकविहीन टोली हो । तर, तेस्रो खेलमा भने पोखराले जित निकाल्यो । पोखराले यसअघि दुवै खेल हारेको थियो । उसले पहिलो खेलमा एफसी चितवन २–० र दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग २–१ ले हार बेहोरेको थियो । त्यसैले काठमाडौंविरुद्ध जित्नैपर्ने दबाबका साथ पोखरा मैदान उत्रिएको थियो । सोहीअनुरूप सफल पनि भयो र पोखराको तीन अंक जोड्यो । पोखराले खेलको दोस्रो मिनेटमा नै पोखराका सुदिल राईको गोल गर्ने प्रयास सफल भएन । करिव २० यार्ड टाढाबाट उनको सशक्त प्रहार क्रसबारमा लागेर फर्कियो । यससँगै पोखराले राम्रो अवसर गुमायो ।

सातौं मिनेटमा काठमाडौंले पनि अवसर सदुपयोग गर्न सकेन । जिलेस्पीजंग कार्कीको थ्रु पासमा भिनसेन्ट कोजिएलोले अफसाइड ट्य्राप बिट गर्दै दिएको पासमा मोहम्मद बुया टुरेको प्रहार पोखराका गोलकिपर प्रिसोले असफल बनाए । रिबाउन्डमा पनि अर्मान्डो डियोपको प्रहार पोखराका डिफेन्डरले गोललाइन नजिकैबाट बचाए । २२औं मिनेटमा पोखराको प्रयासमा गोलकिपर अभिषेक बराल बाधक भए । कप्तान आयुष घलानको पासमा मार्की खेलाडी समिर तामाङको प्रहारलाई गोलकिपर अभिषेकले उत्कृष्ट बचाउ गरे । तर, २५औं मिनेटमा भने स्टेफन बिनोङको गोलबाट पोखराले अग्रता लियो ।

साइडोस्टन जाफारोले दिएको क्रसमा बिनोङको डाइभिङ हेडर गोलमा परिणत भएको हो । ३३औं मिनेटमा पोखराले अग्रता दोब्बर बनाउने अवसर गुमायो । काठमाडौंका कप्तान कुलदीप कार्कीले स्टेफन बिनोङलाई बक्सभित्र तानेर लडाएपछि रेफ्री श्याम दनुवारले पोखरालाई पेनाल्टी अवसर दिए । तर, समिरको पेनाल्टी प्रहार काठमाडौंका गोलकिपर अभिषेकले डाइभ गर्दै रोके । पोखरा दोस्रो गोल गर्न चुक्यो । ३९औं मिनेटमा फेरि पोखराले अर्को अवसर गुमायो । आयुष घलानको सटिक क्रसमा बिनोङको ओपन हेडर फितलो बन्यो । यससँगै पहिलो हाफमा पोखराले १–० को अग्रता बनायो ।

काठमाडौं दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । ५८औं मिनेटमा पोखराले अग्रता बढायो । आयुषले डिफेन्डर कुलदीप कार्कीलाई बिट गर्दे दिएको क्रसमा सुदिलको सामान्य टच काठमाडौंका अलिजोन अलिजोनोभलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको हो । यससँगै काठमाडौं २–० ले पछि प¥यो । काठमाडौंले ८५औं मिनेटमा गोल गर्ने मौका खेर फाल्यो । दिनेश हेन्जानको पासमा बुया टुरेको हेडर माथिल्लो बारमा लागेर फर्कियो । ८९ औं मिनेटमा जिलेस्पीजंग कार्कीको प्रहारमा पनि फेरि माथिको बारमा नै लागेर फर्किन पुग्यो । त्यसपछि पनि काठमाडौंले गोल गर्न सकेन र पोखरा २–० को जित निकाल्न सफल भयो ।


प्रकाशित मिति: २३ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?