Trending
>>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै >>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

आन्दोलनरत शिक्षकहरुसँगको छलफलपछि गृहमन्त्रीः छलफल सकारात्मक छ, छिटो विधेयक टुंग्याउँछौँ


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले विद्यालय शिक्षा विधेयकलाई चाँडो भन्दा चाँडो टुंगो लगाउने बताएका छन् ।

बिहीवार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसहित शिक्षक महासंघसँग सिंहदरबारमा बसेको बैठकमा शिक्षकहरुका मागहरु सम्बोधन गरेर नै छिटो विधेयक टुंग्याउने कुरामा सहमति भएको हो । गृहमन्त्री लेखकले अहिले विधेयक संघीय संसद प्रतिनिधि सभाको सम्बन्धित समितिमा छलफलको क्रममा रहेको र शिक्षकहरुको मागहरु सम्बोधन गर्नेगरी नै सरकार छिटो विधेयक टुंगो लगाउने बारेमा सकारात्मक रहेको बताए । उनले शिक्षक महासंघसँगको छलफल सकारात्मक रहेको उल्लेख गर्दै शिक्षा विधेयकलाई बढी भन्दा बढी राम्रो बनाउने, शिक्षकहरुका सरोकारलाई त्यसमा कसरी समावेश गर्ने ? कसरी चाँडो त्यसलाई अगाडि बढाउने भन्ने बारेमा नै केन्द्रित भएर छलफल भएको बताए । सरकार शिक्षा विधेयकबारे गम्भीर रहेको उल्लेख गर्दै छिटो टुंग्याउने कुरामा सकारात्मक रहेको दाबी गरेका छन् ।

गृहमन्त्री लेखकले भने, ‘अहिले शिक्षा विधेयक संघीय संसद प्रतिनिधि सभाको सम्बन्धित समितिमा छलफलको क्रममा छ । शिक्षा विधेयकमा शिक्षक साथीहरुले शिक्षक साथीहरुका विभिन्न सरोकारका कुराहरु राख्नुभएको छ । अहिले पनि शिक्षकका संघ, संगठनहरु, महासंघले आफ्ना सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने, तद् सम्बन्धमा प्रदर्शन गर्ने काम भइरहेको छ । त्यसैले अहिले कार्यवाहक प्रधानमन्त्रीज्युको नेतृत्वमा हामीले अहिले शिक्षक साथीहरुका सरोकार, उहाँले सरकारलाई ध्यानाकर्षण गराउनुभएका विषय, उहाँहरुले गरिराख्नुभएको प्रदर्शन र शिक्षा विधेयकलाई चाँडो भन्दा चाँडो अगाडि बढाउने भन्ने सन्दर्भमा शिक्षा विधेयकलाई बढी भन्दा बढी राम्रो बनाउने, शिक्षक साथीहरुका सरोकारलाई त्यसमा कसरी समावेश गर्ने ? कसरी चाँडो त्यसलाई अगाडि बढाउने भन्ने बारेमा नै केन्द्रित भएर छलफल गरेका छौँ । आजको छलफल सकारात्मक भएको छ । यसले शिक्षा विधेयकलाई चाँडो अघि बढाउन सरकारले आफ्नो तर्फबाट भुमिका निर्वाह गर्दछ । अब यो विषय संघीय संसदको विषय प्रतिनिधि सभाको विषय र सम्बन्धित समितिको विषय भएको हुनाले र यो विधेयक संसदकै सम्पती भएको हुनाले सरकारले त्यसमा आफ्नो तर्फबाट चाँडो गर्ने, राम्रो बनाउने, शिक्षक साथीहरुका सरोकारलाई त्यसमा सम्बोधन गर्ने विषयमा सरकारको तर्फबाट सरकारले पहल गर्दछ । हामी सम्बन्धित समिति र त्यसका बारेमा गठित उपसमितिलाई पनि आग्रह गर्दछौँ । त्यसका बारेमा हामी तिथिमिति तोक्ने गरेर नै छलफल गरिरहेका छौँ ।’

गृहमन्त्री लेखकले चाँडो भन्दा चाँडो सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । छलफलले निरन्तरता पाउने र ठोस निस्कर्ष निकाल्ने बताएका छन् । शिक्षक महासंघका प्रतिनिधिसँग शिक्षा समिति सभापति, प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरुले समेत छलफल गरेका छन् ।


प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?