Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अवरोधका बीच प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश


काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईँले कार्यालय पुगेर हाजिर गरेका छन् ।

उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरुको सहयोगमा उनले हाजिर गरेका हुन् । साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुँदा महानगरका कर्मचारीहरु तलव पाउनबाट वञ्चित भएका थिए । यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भएको थियो । कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईंलाई कार्यकक्षतिर लगेका थिए ।

प्रमुख बालेन्द्र साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालासमेत लागाइएको थियो तर कर्मचारीहरुले ताला फोडेर गुरागाईंलाई हाजिर गराएका हुन् । प्रमुख बालेन्द्र साहले गुरागाईंलाई गत पुस ७ गतेदेखि बिदामा राखेका थिए ।


प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?