Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

अवरोधका बीच प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश


काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईँले कार्यालय पुगेर हाजिर गरेका छन् ।

उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरुको सहयोगमा उनले हाजिर गरेका हुन् । साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुँदा महानगरका कर्मचारीहरु तलव पाउनबाट वञ्चित भएका थिए । यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भएको थियो । कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईंलाई कार्यकक्षतिर लगेका थिए ।

प्रमुख बालेन्द्र साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालासमेत लागाइएको थियो तर कर्मचारीहरुले ताला फोडेर गुरागाईंलाई हाजिर गराएका हुन् । प्रमुख बालेन्द्र साहले गुरागाईंलाई गत पुस ७ गतेदेखि बिदामा राखेका थिए ।


प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?