
काठमाडौँ। सोमबार राति प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले थाइल्याण्ड रहेको एशियन इन्सिच्युट अफ टेक्नोलोजीलाई १ लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक सम्मेलनका लागि थाइल्यान्डको बैंकक जाँदैहुनुहुन्छ। बैंककमा रहँदा प्रधानमन्त्री ओलीले एशियन इन्सिच्युट अफ टेक्नोलोजीमा विशेष मन्तब्य राख्ने कार्यक्रम छ।
सोहि अवसरमा नेपाल सरकारको १ लाख अमेरिकी डलरको सहयोग हस्तान्तरण गर्ने कार्यक्रम छ। नेपाल एशियन इन्सिच्युट अफ टेक्नोलोजीको संस्थापक सदस्य रहेको छ।
प्रकाशित मिति: १९ चैत्र २०८१, मंगलवार