Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

दुर्गा प्रसाईंलाई सरकारले नै भगाएको हितराज पाण्डेको आरोप


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घट्नामा सरकारको गम्भिर त्रुटी रहेको भन्दै गृहमन्त्री आएर जवाफ दिनुपर्ने बताएका छन् । प्रदर्शनलाई नियन्त्रण गर्नसक्ने स्थिति हुँदाहुँदै सरकारले सही कदम चाल्न नसक्दा स्थिति नियन्त्रण बाहिर गएको उनको ठहर छ ।

उनले भने, ‘जहाँसम्म १५ गतेको घटना हो सरकारले ठिक गरेन नि त । आफ्नै प्रहरीले घेरा हालेको बेला चाहीँ समात्न नसक्ने । अनि अहिले आएर छिटोभन्दा छिटो सरकारले समात्छ भन्ने ? कसले पत्याउँछ यस्तो कुरो ? यसका लागि माननीय गृहमन्त्रीज्युलाई बालाउनुपर्छ र जवाफ माग्नुपर्छ ।’

उनले आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई समेत सरकारले नै भगाएको आशयको अभिव्यक्ति दिंदै प्रहरीले घेरा हालेको बेला किन नसमाएको भन्दै प्रश्न समेत गरेका छन् ।


प्रकाशित मिति: २० चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?