Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

महामन्त्री शर्माको प्रश्नः राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनामा संसदीय समितिको ध्यानाकर्षणको विषय नबनेको भन्दै आपत्ति जनाएका छन् ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मुलुकमा कुनै प्रकारको गम्भीर घटना हुँदा संसदको पहिलो ध्यानाकर्षण हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । उनले संसद नबसेको समयमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले गम्भीरतापूर्वक नलिएकोप्रति आपत्ति जनाएका छन् । समितिले गृहमन्त्रीलाई बोलाएर सरकारको बुझाइबारे जानकारी लिनुपर्ने बताउदै राज्यसँग ४ हजारसम्मको भीडको व्यवस्थापन गर्ने पनि क्षमता नभएको हो ? भन्दै प्रश्न गरेका छन् ।

महामन्त्री शर्माले भने, ‘यदी मुलुकमा कुनै प्रकारको गम्भीर घटना हुन्छ भने त्यो संसदको पहिलो ध्यानाकर्षणको विषय बन्छ । अहिले संसद नबसिरहेको बेलामा, संसद त्यसमा पनि मिनि संसद, र राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो एजेण्डामा नै चैत्र १५ गतेको घटना थियो । एजेण्डा निर्माण गर्ने प्रक्रियामा कहाँ कमी भयो, प्रक्रिया के हो ? पहिले बनाइएको थियो भने किन पछि करेक्शन गर्न ध्यान दिएनौँ । राज्य व्यवस्था समितिको यो बैठकमा गृहमन्त्रीजीलाई बोलाउनुपर्छ र राज्य प्रशासनको तर्फबाट राज्यको बुझाइ के हो ? भएको विषयवस्तु के हो भन्नेबारेमा गृहमन्त्रीले जवाफ दिनुपर्छ । ४ हजारसम्मको भीडको व्यवस्थापन गर्ने पनि क्षमता नभएको हो राज्यको वा बल प्रयोग गर्ने कुरा नियतवश भएको हो वा आकस्मिक भएको हो । यो सन्दर्भमा गृहमन्त्रीजीले अवसर गुमाउनु भयो ।’

महामन्त्री शर्माले सरकारले आन्दोलनका क्रममा भएको बल प्रयोग नियतवश हो वा आकस्मिक हो भन्नेबारमो पनि जवाफ दिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २० चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?