Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

सञ्चारमाध्यमको प्रभावकारी सञ्चालनमा चुनौतिः राष्ट्रपति पौडेल


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भ्रम, मिथ्या एवं संशयपूर्ण सामग्रीबाट जनता भ्रमित हुन नदिने जिम्मेवारी सञ्चारमाध्यमको भएको बताएका छन् ।

बुधवार सिंहदरबारमा आयोजित सार्वजनिक प्रशारण सेवा रेडियो नेपाल ७५ औँ वर्ष प्रवेशका अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले पछिल्लो समय इन्टरनेट र प्रविधिको विकासले सामाजिक सञ्जालमार्फत नागरिक पत्रकारिताको बलियो भएको बताएका छन् । उनले प्राकृतिक घटना, महामारीलगायत विपद्को समयमा सञ्चारमाध्यम विशेष गरी रेडियोको भुमिका महत्वपूण रहेको बताए । उनले आफ्नो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको भन्दै रोडियो नेपालको साढे सात दशक लामो प्रशारण यात्राले फड्को मारी विभिन्न जातजाती र भाषाभाषीको आवाज बन्न सकेको बताए । मुलुकमा लोकतन्त्रको स्थापनापछि सञ्चारमाध्यमको विकासले गति लिएको भन्दै उनले प्रभावकारी सञ्चालनका लागि चुनौति थपिएको बताएका छन्।

उनले भने, ‘सार्वजनिक प्रशारणको मर्म, भावना र उद्देश्यअनुरुप यसले आगामी दिनमा प्रभावकारी रुपले काम गर्नुपर्ने चुनौती तपाईंहरु सामु छ । स्वतन्त्र स्वायत्त संस्थाको रुपमा सार्वजनिक प्रशारण माध्यमको विकास भएको हो । त्यसैले लोतान्त्रिक मूल्य मान्यता, स्वतन्न्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरुप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्न सार्वजनिक प्रसारण सेवका सम्बन्धमा विश्वले स्वीकारेको आधारभुत मान्यतालाई आत्मसात गर्ने मैले विश्वास लिएको छु । म र मेरो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको पुस्ता हो । समाचार र कयौँ शिक्षा, जनचेतना, मनोरञ्जनात्मक लगायतका कार्यक्रम हाम्रा श्रुतिमा मिठो सम्झना बनेर झङ्क्रित हुन्छन् । लोकतन्त्तको स्थापनासँगै मुलुकमा आमसञ्चारको विकास र बिस्तारले गति लिएको विधितै छ । संविधानले व्यवस्था गरेको नागरिकको हक प्रत्याभुत गर्न रेडियो नेपालले नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ । सबै जातजाती, भाषाभाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढिकरणलाई आफ्नो धर्म मानेर काम गर्दा नै संस्थाको खास लक्ष्या पूरा हुन्छ । सञ्चार माध्यम विपद्का बेला आमनागरिकको भरोषाको केन्द्र हुन्छ भन्ने प्रमाण २०७२ को भूकम्प र कोरोना महामारीको विपत्तिको बेलामा रेडियो नेपालसहितका सञ्चारमाध्यमले गरेको योगदानबाट पुष्टि भएको छ । इन्टरनेट र सूचना प्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र समाचार संप्रेषणमा आएको परिवर्तन उल्लेखनीय छ । प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणमा अनेक माध्यम भित्रिएको छ । यसमा नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सवल बनेको छ । यस्तो अवस्थामा सहजै उपलब्ध प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवं संशयपूर्ण संप्रेषणबाट जनतालाई भ्रमित हुने खतराबाट जोगाउनु जिम्मेवार सञ्चारमाध्यमको दायित्व हो।

राष्ट्रपति पौडेल सञ्चारमाध्यमको महत्वपूर्ण र गम्भीर जिम्मेवारीलाई बोध गरेर संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको बताउंदै नेपालको राजनीतिक परिवर्तनमा पत्रकारिताको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: २० चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?