Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन विधेयक प्राकृतिक श्रोत साधनको बढी प्रयोग गर्ने कुरामा मात्रै केन्द्रित भयोः सांसद पन्त


काठमाडौँ। नेकपा एमाले सांसद रघुजी पन्तले निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई छिटो पारित गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विधेयकमा बढी व्यवस्थापनको कुरामा मात्रै केन्द्रित भएको र नियमनको कुरा नरहेको बताएका छन् । उनले विधेयकको जोड प्राकृतिक श्रोत साधनको प्रयोग बढी गर्ने विषयमा रहेको र प्रयोगपछि तिनीहरुको पुनःभरण कसरी गर्ने ? भन्नेमा नबोलेको बताए । वातावरण संरक्षण, रोडा, ढुंगा उत्खननका बारेमा नबोलिएको जिकिर गरेका छन् ।

उनले भने, ‘यसमा बढी व्यवस्थापनको कुरा फोकस भएको छ । नियमनको कुरा छैन । यसले उपयोगको पक्षमा मात्रै बोलेको छ । यो विधेयकको जोड प्राकृतिक श्रोत साधनको प्रयोग बढी गर्ने विषयमा जोड बढी छ । प्रयोगपछि तिनीहरुको पुनःभरण कसरी गर्ने ? भन्नेमा चाहिने कुराहरु राख्न सकेको छैन । वातावरण संरक्षण, रोडा, ढुंगा उत्खननका बारेमा बोलिएको छैन । बाटो गलत ढंगले बनाएर पहिरो, ढुंगाखानीको कारणले पहिरो गएको छ, बस्ती उठेको छ । प्राकृतिक विनाशको मूल्य चुकाएर त्यसबापत रिटर्न के भएको छ । यो विधेयक बनाउँदा गम्भीरतापूर्वक सोच्नुपर्छ । प्राकृतिक श्रोतहरुको दुरुपयोग र उत्खनन कम गर्नुपर्छ ।’

सांसद पन्तले स्थानीय तहमा सडक निर्माण भइरहँदा प्रकृतिको दोहन हुनुका साथै बस्ती विनाश भइरहेको बताएका छन्।


प्रकाशित मिति: २० चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?