Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्नुहुन्नः मन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारण संस्थामा रुपान्तरण भएको रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्न नहुने बताएका छन् ।

बुधवार सार्वजनिक सेवा प्रशारण रेडियो नेपालको ७५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले देश र जनताप्रति उत्तरदायी बनेर काम गर्नुपर्ने लक्ष्य राखेर अघि बढ्न सुझाव समेत दिएका छन् । उनले रेडियो नेपाल लोकतन्त्र र गणतन्त्रको सारथी भएर जनता र देशको हितमा काम गर्न स्वायत्त रहेको बताउदै इतिहासमा सत्ताको पञ्जाभित्र परेर अधिनायकवादीको गुणगान गाउने प्रवृत्ति केही हदसम्म परिवर्तन भएको बताए । रेडियो नेपाल कुनै पार्टी, व्यक्ति वा सरकारको नभई तीन करोड नेपाली नागरिक भएको उल्लेख गर्दै स्वायत्त भएर नीति तथा कार्यक्रमहरु अघि सार्नुपर्ने बताएका छन् ।

उनले भने, ‘देश र जनताप्रति उत्तरदायी बनेर काम गर्ने लक्ष्य रेडियो नेपालको छ । देश र जनताको समृद्धि सुखको लागि अधिनायकवादी हुनु हुँदैन । लोकतन्त्र फस्टिनुपर्छ । गणतन्त्रले आफ्नो प्रभावकारीता सन्देश दिन सक्नुपर्छ । अब लोकतन्त्र, गणतन्त्रको सारथी भएर देश र जनताको हितको लागि रेडियो नेपाल स्वायत्त छ । विगतको इतिहास हेर्ने हो भने सत्ताको पञ्जाभित्र परेर अधिनायकवादी आउँदाखेरि अधिनायकवादीकै गुणगान गाउँने, लोकतन्त्र आउँदोखरि लोकतन्त्रकै गुणगान गाउने खालको जुन भूमिका थियो आज त्यो सम्पूर्ण रुपमा परिवर्तन भएको छ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले कुनै सरकारको, कुनै नेताको, कुनै मन्त्रीको मात्रै ताबेदारी कदापी गर्नुहुन्न । रेडियो नेपालले आफ्नो स्वायत्त भएर आफ्नो नीति कार्यक्रमहरु अगाडि सारेर अगाडि लाग्नुपर्ने छ ।’

बदलिँदो राजनीतिक परिस्थितमा नेपालको समृद्धि र जनताको सूचनाको हक प्रत्याभुत गर्ने कुरामा रेडियो नेपाल अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।


प्रकाशित मिति: २० चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?