
काठमाडौँ। मन्त्रिपरिषद्को बैठकले म्यानमारमा नेपाली सेनाको टोलि पठाउने भएको छ ।
गएको शुक्रबार म्यानमारमा शक्तिशाली भुकम्प गएर धेरै जनधनको क्षति भएको छ। २५०० बढी मानिसको मृत्यु भएको छ भने त्यतिनै संख्यामा मान्छेहरु हराइरहेका छन् । चिकित्सक सहितको नेपाली सेनाको टोलीले म्यानमारमा राहत, उद्धार र उपचारमा म्यानमार सरकारलाई सघाउने छ।
यस्तै सरकारले नेपाल वायुसेवाको विमानमा औषधि तथा राहत सामग्री म्यानमार पठाउने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: १९ चैत्र २०८१, मंगलवार