Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी


२० चैत्र, ललितपुर । ललितपुरको कुपन्डोलस्थित महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी हुँदा रु साढे दुई करोडको क्षति भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान भएको आगलागीमा सात गाडी, तीन स्कुटर र तीन मोटरसाइकल जलेर नष्ट भएका छन् । परिसरका प्रवक्ता भुवनेश्वर शाहले दिएको जानकारीअनुसार बिहान ४ः४७ मा लागेको आगो ५ः१७ बजे नै नियन्त्रणमा लिइएको भए पनि गाडी नष्ट भएका हुन् ।

आगलागीको कारण नखुलेको तर प्रारम्भिक अनुसन्धानमा ब्याट्री चार्जमा राखिएको देखिएकाले त्यसैबाट आगलागी भएको अनुमान गरिएको उनले बताए । उनले घटनाको अनुसन्धान जारी रहेको र क्षतिको यकीन विवरण पनि आउन बाँकी रहेको राससलाई जानकारी दिए ।


प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?