
काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पटक पटक अवसर दिँदा समेत सत्ताको दुरुपयोग गरेको बताएका छन् ।
सोमवार संघीय संसद परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि अवसर दिँदा राज्यसत्ताको दुरुपयोग नगर्ने कुनै ग्यारेन्टी नभएकोले राजाको कुनै आवश्यकता नरहेको बताएका छन् । व्यवस्थालाई कसरि अगाडि बढाउने भन्नेबारे जनताले निर्णय गर्ने उनको भनाइ छ । उनले आफू हिन्दुराष्ट्रको पक्षमा रहेको स्पष्ट पारे ।
उनले भने, ‘राजालाई हामीले पटक पटक मौका दियौं, अवसर दियौं । उसले दुरुपयोग गर्यो । अब के ग्यारेन्टी छ कि उसले दुरुपयोग गर्दैन ? त्यसैले अब राजा हामीलाई चाहिदैन । हिन्दुराष्ट्रको पक्षमा चाहीँ म छु ।’
उनले तीनकुने घटनामा भीड उक्साउने काम राजावादी पक्षबाट भएको भन्दै कानूनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।
प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार