Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

‘राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको उरन्ठेउलो राजनीतिलाई पूर्णविराम लगाउनुपर्छ’


२० चैत्र, काठमाडाैँ । जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको राजनीतिलाई पूर्णविराम लगाउनु पर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्णविराम लगाउनुपर्ने टिप्प्णी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,’राजनीतिमा अराजनीतिक तत्वको प्रवेशले लोकतन्त्र, समानुपातिक समावेशिता, गणतन्त्र, संघीयता निरीह हुन थालेको छ। बाह्य हस्तक्षेप र प्रभाव बढाउने काम भएको छ। उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्णविराम लगाउनुपर्छ।’

उनले राजनीतिको नाममा सस्तो लोकप्रियतामा आत्मरति गर्ने र जनतालाई भ्रमित पार्ने काम भइरहेको पनि टिप्पणी गरे ।


प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?