Trending
>>   निजामती सेवा विधेयकः दलीय ट्रेड युनियन र ‘कुलिङ पिरियड’को प्रावधानमा अझै जुटेन सहमति >>   सहकारी मर्यादित भए मात्रै समुन्नत देश र समाज निर्माण गर्न सकिन्छः कार्यवाहक प्रधानमन्त्री सिंह >>   माईतीघरमा शिक्षकहरुको प्रदर्शन (तस्बिरहरु) >>   महामन्त्री शर्माको प्रश्नः राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ? >>   निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन विधेयक प्राकृतिक श्रोत साधनको बढी प्रयोग गर्ने कुरामा मात्रै केन्द्रित… >>   दुर्गा प्रसाईंलाई सरकारले नै भगाएको हितराज पाण्डेको आरोप >>   तीनकुने घटनाबारे राज्य व्यवस्था समितिको शुक्रवारको बैठकमा गृहमन्त्री लेखकले जवाफ दिने >>   रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्नुहुन्नः मन्त्री गुरुङ >>   सञ्चारमाध्यमको प्रभावकारी सञ्चालनमा चुनौतिः राष्ट्रपति पौडेल >>   विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा शिक्षकहरुको प्रदर्शन
Logo
२० चैत्र २०८१, बुधबार
२० चैत्र २०८१, बुधबार

कमल कोईरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा एसको पार्टी कार्यालयमा


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सल्लाहकार परिषद् सदस्य कमल कोईरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ ।

सोमवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालयमा कोईरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो । पत्रकार, लेखक तथा कुटनीतिज्ञ समेत रहनुभएका कोईरालाको ८७ वर्षको उमेरमा निधन भएको हो । पक्षघातपछि उपचारका क्रममा अस्पताल लगिएको थियो । उपचारकै क्रममा कोईरालाको निधन भएको हो । श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रिय कार्यालयमा नेकपा (एकीकृत समाजवादी) का नेता/कार्यकर्ताहरुको भीड लागेको छ । श्रद्धाञ्जली दिन पुग्नुभएका पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोईरालाले नेपालको कम्युनिष्ट आन्दोलनमा निर्वाह गर्नुभएको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । चुनौतिहरुको सामना गरेर अघि बढ्नुपर्ने कुरा कोईरालाबाट सिक्नुपर्ने बताएका छन् ।

अध्यक्ष नेपालले कोईराला पत्रकारकाहरुको पनि आदर्श व्यक्तित्व भएको बताएका छन् ।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?