Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याऔंः मन्त्री भट्टराई


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएकी छिन् ।

सोमवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक धेरै पेचिलो विषय रहेको बताइन् । उनले सबैले आशा र प्रतिक्षा गरेको विधेयक भएकाले पनि सबैले समन्वय गरेर छिटो टुंग्याउनुपर्ने बताएकी छिन् । उनले ३५ दिनको कार्य योजना बनाएर उपसमितिले काम शुरु गरेकोमा खुशी प्रकट गरेकी छिन् ।

मन्त्री भट्टराईले भनिन्, ‘यो विधेयक असाध्यै पेचिलो छ र सबैले आशा गरेको, कहिले आउँछ भनेर सबै प्रतिक्षारत भएको विधेयक रहेको हुँदा हामीले ३५ दिनको कार्य योजना बनाएर काम शुरु गरेका छौँ । जे विषय सहज छन्, त्यसलाई यो यो दफामा छलफल गरेका छौँ भनेर सन्देश दिन पनि जरुरी छ । जे विषयमा संवाद आवश्यक हुन्छन्, विषय शुरु गर्ने र संवादका लागि कहाँ कहाँबाट सहजीकरण हुन्छ, त्यसको लागि मैले मन्त्रालयको हिसावले गर्नुपर्ने हिसावमा सहजीकरण गर्न तयार छु ।’

मन्त्री भट्टराईले उपसमिति, समिति र मन्त्रालयसँगको सहकार्य गरेर समन्वयका साथ अघि बढ्नुपर्ने बताएकी छिन् ।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?