Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

रवि लामिछाने विरूद्ध सर्वोच्चमा रिट दर्ता


२० चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि  लामिछाने विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट दर्ता भएको हो ।

आइतबार युवराज पौडेल ‘सफल’ले लिएर गएको रिट मुख्य रजिस्ट्रारले अध्ययन गरेपछि सोमबार दर्ता भएको हो । मंगलबारका लागि उक्त रिटको पेशी तोकिएको छ ।

अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने रिटमा माग गरिएको छ ।

उता लामिछानेले भने आज नै चितवन-२ बाट उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । गत मंसिरमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका लामिछाने नागरिकता सम्बन्धि मुद्दामा दोषी ठहर भएपछि सांसदबाट बर्खास्त भएका थिए।


प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?