Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन परिमार्जनसहित पारित


काठमाडौँ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित भएको छ ।

आईतवार बिहान सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले समितिबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित गरेको हो । बैठकमा समिति सभापति अम्मरबहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित गर्न प्रश्ताव गरेका छन् । उक्त विधेयक समितिले सर्वसम्मत पारित गरेको घोषणा गरेका छन् ।

उनले भने, ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथिको दफावार छलफल हुँदा विश्वविद्यालयका सम्बन्धमा माननीय सदस्यहरुले केही नीतिगत विषयमा उठाउनुभएको र त्यस्ता विषयहरुमा उच्च शिक्षा सम्बन्धी विधेयकमा समावेश गरी सबै विश्वविद्यालयका हकमा एकरुपता कायम गर्न उपयुक्त हुने हुँदा मान्य सदस्यहरुका धारणसमेत समेट्ने गरी जतिसक्दो छिटो उच्च शिक्ष सम्बन्धी विधेयक संसदमा ल्याउन नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकिएको हुँदा कुलपतिको सम्बन्धमा मान्य सदस्यहरुले उठाउनुभएको विषय उक्त विधेयकले सम्बोधन गर्ने हुँदा प्रश्तावित विषयमा सहमति गरेर जान आग्रह गर्दछु । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्न प्रश्ताव गर्दछु ।’

समितिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथिको दफावार छलफल हुँदा विश्वविद्यालयका सम्बन्धमा समिति सदस्यहरुले केही नीतिगत विषयमा उठाएको र त्यस्ता विषयहरुमा उच्च शिक्षा सम्बन्धी विधेयकमा समावेश गरी सबै विश्वविद्यालयका हकमा एकरुपता कायम गर्न उपयुक्त हुने भन्दै समिति सदस्यहरुका धारणसमेत समेट्ने गरी जतिसक्दो छिटो उच्च शिक्ष सम्बन्धी विधेयक संसदमा ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?