Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन परिमार्जनसहित पारित


काठमाडौँ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित भएको छ ।

आईतवार बिहान सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले समितिबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित गरेको हो । बैठकमा समिति सभापति अम्मरबहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित गर्न प्रश्ताव गरेका छन् । उक्त विधेयक समितिले सर्वसम्मत पारित गरेको घोषणा गरेका छन् ।

उनले भने, ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथिको दफावार छलफल हुँदा विश्वविद्यालयका सम्बन्धमा माननीय सदस्यहरुले केही नीतिगत विषयमा उठाउनुभएको र त्यस्ता विषयहरुमा उच्च शिक्षा सम्बन्धी विधेयकमा समावेश गरी सबै विश्वविद्यालयका हकमा एकरुपता कायम गर्न उपयुक्त हुने हुँदा मान्य सदस्यहरुका धारणसमेत समेट्ने गरी जतिसक्दो छिटो उच्च शिक्ष सम्बन्धी विधेयक संसदमा ल्याउन नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकिएको हुँदा कुलपतिको सम्बन्धमा मान्य सदस्यहरुले उठाउनुभएको विषय उक्त विधेयकले सम्बोधन गर्ने हुँदा प्रश्तावित विषयमा सहमति गरेर जान आग्रह गर्दछु । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्न प्रश्ताव गर्दछु ।’

समितिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथिको दफावार छलफल हुँदा विश्वविद्यालयका सम्बन्धमा समिति सदस्यहरुले केही नीतिगत विषयमा उठाएको र त्यस्ता विषयहरुमा उच्च शिक्षा सम्बन्धी विधेयकमा समावेश गरी सबै विश्वविद्यालयका हकमा एकरुपता कायम गर्न उपयुक्त हुने भन्दै समिति सदस्यहरुका धारणसमेत समेट्ने गरी जतिसक्दो छिटो उच्च शिक्ष सम्बन्धी विधेयक संसदमा ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?