Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

३ लाख युरो माग गर्दै अमेरिकी नागरिकलाई अपहरण गर्ने व्यक्ति पक्राउ


काठमाडौं।  अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा नुवाकोट बेलकोटगढी नगरपालिका-४ बस्ने ३७ वर्षीया सरिता लामालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आई कास्की पोखरा महानगरपालिका-६ लेकसाईडस्थित होटलमा बस्दै गरेकी ७० वर्षीया अमेरिकी महिलाको सोमबार अपहरण गरी फिरौती स्वरूप ३ लाख युरो माग भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट ती महिलाको सकुशल उद्दार गरी उक्त कार्यमा संलग्न सरितालाई पक्राउ गरेको हो ।

उनी उपर अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १५ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?