
ललितपुर। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विकास निर्माणको हिसावमा ललितपुर महानगरपालिका पुलमय भएको बताएका छन् ।
बिहीवार ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोलामा निर्मित पुल उद्घाटन गर्दै उनले महानगपालिकाले नगरवासीको सुविधालाई ध्यानमा राखेर आवश्यक स्थानमा पुल निर्माण गरिरहेको बताएका छन् । उनले चक्रपथको कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा ट्राफिक दुर्घटना परेर १६ जनाले ज्यान गुमाएको बताउदै उनले महानगरपालिका चक्रपथ क्षेत्रमा पुल र बत्तीको समस्याका कारण धेरै दुर्घटना हुने गरेको भन्दै उनले पुल निर्माण र सडक बत्ती जडान गरेर नगरवासीलाई सहजता प्रदान गर्न आफू लागि परेको बताएका छन् । अपाङ्गतामैत्री पुल निर्माण आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।
उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ ललितपुर महानगरपालिकामा आइसकेपछि हाम्रो यहाँको विकस पुलमय भएको छ । अहिले तीन वटा पुल त उद्घाटन नै गरिसक्यौँ । अर्को पुलको सिलान्यास चाहीँँ उहाँ आउनुभएको अगाडि नै भएको हो । तर अब निकट भविष्यमै त्यो पुलेका पनि उद्घाटन हुन गइरहेको छ । कुसुन्तीमा अपाङ्गमैत्री पुल बनाइरहेका छौँ । त्यसमा चक्रपथ क्रस गर्न पुल बनाएको हौँ । हालसम्मको तथ्यांक हेर्ने हो भने त्यहाँ पुल नभएको कारणले १६ जना मान्छेहरु ट्रफिक दुर्घटनामा अकालमा मृत्युवरण गरिसकेको छ । तसर्थ, म मेयरलगायत जनप्रतिनिधिहरुको प्रखुख दायित्व भनेकै नजरवासीहरुलाई सानोतिनो घाउचोट पनि नलागोस् भन्ने नै हो । मान्छे मर्नु भनेको त अकल्पनीय कुरा हो । त्यहाँ थुप्रो मान्छेहरुले मृत्युवरण गरिसकेको कारणले त्यहाँ हामीले दुईटा कुराको व्यवस्थापन गर्न गइरहेका छौँ । एउटा अपाङ्गगतामैत्री पुल निर्माण गर्ने काम भयो । अर्को चाहिँ त्यहाँ बत्ती छैन, तर हामीले बत्ती राख्नका लागि सबै काम भइसकेको छ । ठेकेदार पनि मुबिलाइज भइसक्या छ र आउँदो दशैँसम्म बत्ती राख्छौँ भनेको छ ।’
मेयर महर्जनले रात्रीकालिन अवस्थामा हवाई जहाजबाट काठमाडौं उपत्यका छिर्ने बित्तिकै जुन शहर उज्यालो देखिन्छ त्यो ललितपुर महानगरपालिका हुनेगरी बत्ती राख्ने काम शुरु भएको बताए ।
प्रकाशित मिति: १४ चैत्र २०८१, बिहीबार