Trending
>>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

कुलमान हटाएको भन्दै राष्ट्रिय सभामा पनि प्रतिपक्षी दलको अवरोध


काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेका छन् ।

बुधवारको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), का सांसदहरुले उठेर बिरोध जनाएका हुन् । प्रतिपक्षी दलले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएको भन्दै संसद अवरुद्ध पारेका हुन् ।

बैठकमा शुरुमा उठेर माओवादी केन्द्रका सांसदहरुले बिरोध जनाएपछि माओवादीका सांसद गोपीबहादुर सार्कीले कुलमानलाई केही समय मात्र बाँकी रहँदा किन हटाउनुपरेको हो ? भन्दै प्रश्न गरेका छन् । उनले कलमान घिसिङले नै लोडसेडिङ अन्त्य गरेको दाबी गर्दै उज्यालो नेपाल बनाउनु भएको बताए । प्रतिपक्ष दलको तर्फबाट उनले सरकारको उक्ता निर्णयको भत्र्सना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर स्पष्टीकरण नदिएसम्म सदन चल्न नदिने उद्घोष गरेका छन् ।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो । शाक्यले मंगलवार नै पदभार ग्रहण गरिसक्नुभएको छ । २०७८ साउन २४ गतेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि साउन २७ मा नियुक्तिपत्र बुझे लगत्तै घिसिङले शाक्यलाई प्रतिस्थापन गरेका थिए । तत्कालीन समयमा आफूलाई हटाएर नियुक्ति पाएका घिसिङको नियुिक्त बदर माग गर्दै शाक्य सर्वोच्च पुगेका थिए ।

माओवादी केन्द्रको बिरोधसँगै सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।


प्रकाशित मिति: १३ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?